ओसाका/जापान। जापानको ओसाका शहरमा शनिबार एउटा सुशी रेस्टुरेन्टमा भएको संभावित क्यासेट ग्यास सिलिन्डर विस्फोटमा १२ जना घाइते भएका छन्।

करिब १२:५० बजे आपतकालीन कल गरि,मध्य ओसाकाको सुशी रेस्टुरेन्टमा विस्फोट भएको जानकारी दिइएको थियो। प्रहरीका अनुसार घाइते ग्राहक र रेस्टुरेन्टका कामदारहरूलाई कुनै गम्भीर चोटपटक लागेको थिएन।

घटना हुँदा रेष्टुरेन्टमा करिब १२० जना ग्राहक र कामदार थिए । रेस्टुरेन्ट भित्र रहेको क्यासेट ग्यास सिलिन्डर विस्फोट भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

यस पटकको घटनामा कुनै ठूलो मानविय क्षति नभएता पनि,यस्तै प्रकार अन्य घटना नघटोस् तथा मानविय र भौतिक क्षति नहोस भन्नका लागि घटनाको कारण पहिचान तथा रोकथामका लागि थप अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ।
स्रोतः योमिउरी


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार