टोकियो/जापान। जापानको इबाराकी प्रीफेक्चरल सरकारले सोमबार इबाराकी प्रिफेक्चरको कासामाको पोल्ट्री फार्ममा अत्यधिक संक्रामक एभियन इन्फ्लुएन्जा(बर्ड फ्लु)प्रकोप पुष्टि गरेको छ।
यो सिजनमा जापानमा पुष्टि भएको यो दोस्रो बर्ड फ्लूको प्रकोप हो। यस अघि शनिबार सागा प्रिफेक्चरमा यस वर्षको पहिलो बर्डफ्लु संक्रमण पुष्टि भएको थियो। बर्डफ्लु देखिएपछि फार्ममा रहेका लगभग ७२,००० अण्डा दिने कुखुराहरुलाई नस्ट गर्ने प्रकृया अघि बढाईएको छ।
प्रीफेक्चरल सरकारका अनुसार फार्मले आइतवार बिहान करिब ४५० कुखुरा मरेको बताएको थियो।
त्यस पश्चात एक साधारण भाइरस परीक्षण सकारात्मक नतिजा देखाए पछि, एक विस्तृत आनुवंशिक परीक्षण गरिएको थियो,जसमा उक्त बर्ड फ्लु पुष्टि भएको हो ।
जापानमा गत वर्षको जाडोमा ४७ प्रिफेक्चरमध्ये २६ प्रिफेक्चरका ८४ फार्महरुमा उच्च संक्रामक बर्ड फ्लूको रेकर्ड रिपोर्ट गरेको थियो। जसमा १ करोड ७७ लाख १० हजार कुखुराहरु मारिएको थियो। अघिल्लो वर्ष बर्डफ्लुका कारण उत्पादन हुननसक्दा जापानमा कुखुराको अण्डाको चरम अभाव सिर्जना भएको थियो।
यसले अण्डाको अभाव र मूल्य बढेको छ।
यस सिजनको पहिलो केस शनिबार सागा प्रिफेक्चरको काशिमामा पुष्टि भएको थियो।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




