टोकियो/जापान। हिजो (२८ तारिख) राति टोकियोको सेतागाया वार्डस्थित एक अपार्टमेन्ट भवनको परिसरमा २४ वर्षीया महिलाको छाती र पेटमा धारिलो हतियार प्रहारबाट निधन भयो ।

जापानी संचार माध्यमका अनुसार घाईते अवस्थामा भेटिएकी उनलाई अस्पताल लगिएको थियो । यद्यपी उलाई बचाउन भने सकिएन।

महानगरीय प्रहरी विभागका अनुसार २८ तारिख राति करिब ११ बजेर ५५ मिनेटमा सेतगाया वार्डको एक अपार्टमेन्ट भवनको परिसरमा अपार्टमेन्टमा बस्ने २४ वर्षीया युवतीको छाती र पेटमा धारिलो हतियार प्रहार भएको थियो ।

घटनाको जानकारी पाउने बित्तिकै घटनास्थलमा पुगेका प्रहरी अधिकारीहरूले युवती अपार्टमेन्ट कम्प्लेक्सको साइकल पार्किङमा ढलिरहेको अवस्थामा थिइन् । त्यस समयसम्म उनि होसमै थिइन् ।तर उनको अस्पतालमा मृत्यु भयो।

चिनियाँ नागरिक पक्राउ
महानगरीय प्रहरी प्रभागले हत्या प्रयासको आशंकामा २९ वर्षीय चिनियाँ पुरुषलाई घटनास्थलबाट पक्राउ गरी घटनाको थप अनुसन्धान गरिरहेको समाचारहरुमा जनाईएको छ। प्रहरीले ती दुई बिचको सम्बन्धबारे अनुसन्धान गरी घटनाको विस्तृत विवरण ल्याउने प्रयास भइरहेको जनाईएको छ ।

यो समाचार एनएचकेमा प्रकाशित छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार