चिबा/जापान।कोरोना संक्रमण महामारीको समयमा जापानको चिबा प्रिफेक्चरमा एक २३ वर्षीय व्यक्ति कोरोना संक्रमित युवकको आपतकालीन यातायात यथोचित व्यवस्था हुननसक्दा मृत्यु भएको भन्दै,मृतकका आमाबाबुले केन्द्र सरकार तथा चिबा प्रिफेक्चर र अन्य सरोकारवाला निकायहरुलाई १० करोड येन भन्दा बढीको क्षतिपूर्ति माग दावी गरेका छन् ।
मृतका अभिभावकका वकिलका अनुसार उनीहरुले कोरोना संक्रमितको आपतकालीन सवारी अपर्याप्त भएको विषयमा सरकारविरुद्ध मुद्दा हालेको यो पहिलो पटक हो ।
अगस्ट २०२१ मा कोरोनाभाइरसबाट संक्रमित भएर मृत्यु भएका चिबा प्रिफेक्चरको फुनाबाशी शहरका २३ वर्षीय युवकका अभिभावकले यहि डिसेम्बर ५ तारिख टोकियोमा पत्रकार सम्मेलन गरेर मुद्दा दायर गरेको बताएका हुन् ।
उजुरीका अनुसार अन्तर्निहित स्वास्थ्य अवस्था भएका ती व्यक्तिले कोरोना भाइरसबाट सङ्क्रमित भएपछि ज्वरो र अन्य लक्षणका कारण बारम्बार आकस्मिक सवारी साधनको लागि अनुरोध गरे पनि अस्पतालले स्वीकार गर्ने निर्णय गर्न नसक्ने जस्ता कारणले एम्बुलेन्सले अस्पताल लिएर जान अस्वीकार गरिएको थियो ।
पाचौँ पटकको अनुरोधमा, ति बिरामीलाई उनको घरबाट एम्बुलेन्समा राखियो , तर उसलाई लैजानको लागि ठाउँ खोज्न करिब डेढ घण्टा लाग्यो, त्यसैले उनि एम्बुलेन्समै अचेत भयो र अस्पत्ताल लैजाने क्रममै उनको मृत्यु भएको थियो ।
जनस्वास्थ्य केन्द्र सञ्चालक फुनाबासी सहर र बिरामीलाई लिएर गएको अस्पतालको समन्वय गर्ने चिबा प्रिफेक्चरबाहेक राष्ट्रिय सरकार पनि जिम्मेवार रहेको भन्दै अभिभावकले प्रिफेक्चरलाई क्षतिपूर्तिमा लगभग १० करोड ३० लाख येन दाबी गरिएको छ।
स्रोतः यो खबर एनएचके अनलाईनबाट लिइएको हो।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




