टोकियो/जापान। यस वर्षको हिउँदको सबैभन्दा चिसो हावा बहने भएकाले २१ देखि २२ तारिखसम्म जापानका केहि समतल क्षेत्रहरूमा पनि भारी हिउँ पर्ने अनुमान गरिएको छ ।

मुख्यतया पश्चिमी र उत्तरी जापानको समुन्द्र किनारमा हिमपात हुने अनुमान गरिएको छ। मौसम विज्ञान एजेन्सीका अनुसार यस सिजनमा पहिलो पटक पश्चिमी जापानमा भारी हिमपातको जोखिम रहेको छ। त्यसैले मौसमी जानकारीमा ध्यान दिन आग्रह गरिएको छ।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार २१ देखि २२ तारिखसम्ममा यस वर्षको जाडोको सबैभन्दा बलियो चिसो हावा चल्नेछ। जसले यो वर्षकै उच्च जाडो सिर्जना गर्नेछ।नतिजा स्वरूप, पश्चिमी जापानबाट उत्तरी जापानसम्म भारी हिमपात र चिसो हावा चल्ने मौसमी जोखिम छ।

खासगरी किन्की, चुगोकु क्षेत्र, उत्तरी क्युसु र तोकाई क्षेत्रका केही भागमा ठूलो मात्रामा हिमपातको पूर्वानुमान गरिएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार