टोकियो/जापान। “बागलुङ जिल्ला गल्कोटको सुन्दर निलुवा हाम्रो सान, पर्यटकीय पूर्वाधार विकासमा हामी सबैको साझा अभियान” भन्ने मूल नाराका साथ यस निलुवा समाज जापानको ५ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट सर्बसहमतिमा मोहनराज सुबेदीलाई अध्यक्षमा चयन गरिएको छ।

समाज जापानको बरिष्ठ उपाध्यक्षमा हरी सुबेदी, उपाध्यक्षमा जि आर सेवेदी, दिपक सुबेदी बिप्लव महासचिवमा भुमिराज सुवेदी, सचिवमा विष्णुप्रसाद सुवेदी, ( जलन )निर्वाचित भएका छन् ।त्यसैगरि कोषाध्यक्षमा ,भुमिराज सुवेदी ( बिष्णु)सह–कोषाध्यक्षमा अन्जान सुवेदी र युवा संयोजक शिबलाल सुवेदी निर्वाचित भएका छन् ।

प्राप्त जानकारी अनुसार,कार्यसमिति सदस्यहरुमा-दिनेस सुबेदी, केशव सुनार,सुसिल सुवेदी,ईस्वर सुवेदी, नारायण सुवेदी र अंकित सुवेदी चयन भएका छन् ।

समारोहका प्रमुख अथीतिमा नेपालबाट जापानको भ्रमणमा आएका गलकोट नगरपालिका ४ चमुवाका नि बर्तमान शिक्षक हरिलाल शर्मा,विशिष्ट अथितीमा सस्था का सस्थापक अध्यक्ष सरंक्षक भेजीन्द्र सुवेदी, थम बहादुर क्षेत्री रहेका थिए भने सस्थाका सल्लाहकार बिष्णु सुवेदीको आतिथ्यता रहेको थियो।

कार्यक्रम महासचिव भुमिराज सुवेदीले संचालन गरेका थिए भने उपाध्यक्ष जिआर सुवेदीले स्वाग मन्तव्य राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार