इसिकावा/जापान । इसिकावा प्रिफेक्चरको नोतो क्षेत्रमा हिजो १ तारिख गएको ७.६ म्याग्निच्युडको भूकम्पको कारण इसिकावा प्रिफेक्चर भित्र हालसम्म कम्तिमा ५ जनाको मृत्यु भएको बताईएको छ ।
यस पटकको भूकम्पका कारण हालसम्म इसिकावा प्रिफेक्चरमा पाँच जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। मृत्युका सबै घटनाहरु इसिकावा प्रिफेक्चर भित्रै पुष्टी भएको बताईएको छ ।
होकुरिकु इलेक्ट्रिक पावर कम्पनीका अनुसार नोतो क्षेत्रका करिब ३३ हजार घरधुरीहरुमा बिजुली अवरुद्ध भएको छ। यसका अलवा,नानाओ सहरको नानाओ ओता थर्मल पावर प्लान्टको १ र २ दुबै इकाईहरू बन्द भएका छन् ।
शिगा सहरमा रहेको शिगा आणविक ऊर्जा केन्द्रमा १ र २ दुवै युनिट भूकम्पअघिदेखि सञ्चालनमा छैनन् ।यद्यपी भुकम्पका कारण हालसम्म कुनैपनि आणविक उर्जाकेन्द्रहरुमा क्षति पुगेको घटनाहरु भने पुष्टि भएको छैन।
यसका साथै,होकुरिकु बुलेट ट्रेन आज २ तारिखसम्म पनि ठप्प छ। अझै संचालनमा आउनसक्ने नसक्ने यकिन भएको छैन। साथै विमानस्थलमा समेत भुकम्पका कारण धावनमार्गहरुमा क्षति पुगेकाले उडानहरु समेत बन्द भएका छन् ।
राष्ट्रिय राजमार्गहरुमा भुकम्पहरुका कारण क्षति पुगेकाले इसिकावा प्रिफेक्चर भित्रका अधिकांस सवारी आवगमनहरु ठप्प भएका छन् ।
अझै पटक/पटक गइरहेको भुकम्प तथा सुनामीका कारण क्षतिको विवरण संकलन तथा उद्दार कार्यसमेत समेत कठिनाई भइरहेको छ। हालसम्म नोतो क्षेत्रका ६० भन्दाबढि घरहरु जलेको,सयौँको संख्यामा भत्किएको तथा सयौँको संख्यामा मानिसहरु घाईते भएको बताईएको छ।हस
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




