टोकियो । बोन म्यारो क्यान्सरको उपचारार्थ आर्थिक अभाव भई सहयोगका लागि याचना गरेका धादिङ , नेत्रवती-५ कटुञ्जेका १३ बर्षिय बालक सरोज तामाङको सहयोगार्थ धादिङ समाज जापानले २६ हज़ार १ सय रुपैँया आर्थिक सहयोग गरेको छ । बोन म्यारो क्यान्सरका कारण लामो समयदेखि उपचार गराईरहेका बालकका बाबु सरोज तामाङले आफुसंग भएको रकमले उपचार सम्भव नभएकोले आर्थिक सहयोगका लागि सामाजिक सञ्जालमार्फत याचना गरेका थिए । सोहि सामाजिक सञ्जालमा राखिएको समाग्रीसहित नेपालन्युजपोस्टडटकमले समाचार बनाई सम्प्रेषण गरेपछि जापानमा रहेका धदिङे युवाहरुले रकम संकलन गरि सहयोग गरेका हुन् । धादिङ समाज जापानका सचिव बिमल श्रेष्ठको संयोजनमा अन्य सहयोगी मन भएका व्यक्तिहरुले आफ्नो क्षमता अनुसार रकम उपलब्ध गराएका थिए । सहयोगीहरु,यसप्रकार रहेका छन् ।
१.प्रबिन मैनालि ३०००
२.लोकेन्द्र भण्डारि १०००
३.सालु कान्त आचार्य १०००
४.सुजिता लुईँटेल २०००
५.बिकास बानिया ३०००
६.बिमल श्रेष्ठ २०००
७. राजेस धरेल २०००
८.राजन गौतम २०००
९.प्रलाध अधिकारि २०००
१०.रघु भण्डारि २०००
११.राम कुमार थापा २०००
१३.कृष्ण प्रसाद खनाल ५०००
१४.साजन बस्ताकोटि २०००
जम्मा उठेको रकम २९००० जापानी येन
नेपालि रुपियाँ २६१०० रहेको छ।

संकलित रकम,बिहिवार धादिङ समाज जापानका अध्यक्ष कष्ण खनाल तथा संस्थाका सचिव बिमल श्रेष्ठले ईजिलिंक रेमिट्यान्स मार्फ़त बालकको एवरेस्ट बैंकों ख़ात्मा पठाईएको हो । रकम संकलनमा नेतृत्व गर्ने समाजका सचिव श्रेष्ठले सानै रकम भएपनि आफुहरुले सकेको सहयोग गर्ने प्रयास गरेको र अरुहरुले पनि आफुले सकेको सहयोग गरिदिए बिरामी बालकले नयाँ जीवन पाउने बिचार व्यक्त गरे ।साथै यो अभियानमा साथ दिने सबै सहयोगी महानुभावहरुलाई धादिङ समाज जापानले धन्यबाद ज्ञापन गरेको छ ।यो पनि पढ्नुहोस्
१३ बर्षे छोरालाई बोन म्यारो क्यान्सर भएपछि उपचारको लागि बावुको याचना
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




