टोकियो/जापान। जापानको इसिकावामा भूकम्प गएको १२० घण्टाभन्दा बढी समयपछि आज ६ तारिख राति प्रहरीले इशिकावा प्रिफेक्चरको सुजु सिटी, शोइन-चो, कावाजिरीमा भत्किएको घरबाट एक वृद्ध महिलालाई उद्धार गरेको घोषणा गरेको छ। उद्दारको क्रममा भेटिएली वृद्दाको नाडी चलिरहेको (जिवितै रहेको)पाइएपछि तुरुन्तै अस्पताल लगिएको बताईएको छ ।

एक प्रहरी अधिकारीलाई उदृत गर्दै जापानी संचार माध्यमहरुले जनाए अनुसार हराएका मानिसहरुको खोजी गर्नेक्रममा एउटा भत्किएको घरमा २ वृद्धा महिलाहरु भेटिएको र त्यस मध्ये एउटा जिवितै रहेको भेटिए पछि अस्पताल लगिएको उल्लेख गरिएको छ।

ति वृद्धा महिला, भत्किएको घरको ओछ्यानमा भेट्टिएकी थिइन् र उनलाई नजिकैको अस्पतालमा उपचारका लागि भर्ना गरिएको बताईएको छ।

अझै पनि उनि जस्तै जिवित व्यक्तिहरु भेटिन सक्ने आशा राख्दै प्रहरी अधिकारीले भने, ”आज जे भयो भोलि पनि हुन सक्छ, त्यसैले प्रहरीले हार नमानेर खोजी गर्न सक्दो प्रयास गर्नेछ।”

इसिकावामा १ तारिख गएको भुकम्पका कारण हालसम्म १२६ जनाको मृत्यु पुष्टि भइसकेको छ।यस्तै गरि २१० जना भन्दा बढि वृद्धा/वृद्धाहरुको अवस्था अझै अज्ञात रहेको छ । साथै सोहि अनुपातका घाईतेहरु उपचाररत रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार