ओसाका, जापान । अध्ययनको सिलसिलामा जापानमा रहेका नेपाली विद्यार्थीहरूको साझा संस्था नेपाली विद्यार्थी समाज जापान, नेसाजको २०औँ राष्ट्रिय अधिवेशन ओसाकामा हुने भएको छ ।

सन् १९९७ स्थापना भई समाजले स्थापना कालदेखीनै जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरूको प्रतिभा उजागर संगै विभिन्न समस्या तथा समाधानमा कार्य गर्दै आईरहेको छ । समाजले विद्यार्थीहरूको लागि विद्यार्थी भन्ने मुल नाराका साथ अधिवेसनको तयारी गरेको हो । समाजले शैक्षिक सेमिनार, खेलकुद, सांस्कृतिक कार्यक्रम आदिले निरन्तर नेपाली विद्यार्थीहरू, नेपाल र नेपाली समाजलाई जोड्दै आएको संस्थाका निवर्तमान अध्यक्ष एव संरक्षक कृष्ण भुसालले जानकारी दिए।

अधिवेशन ओसाकाको तेन्नोजीमा रहेको कुमिनो सेन्टरमा जनवरी २८ तारिख आइतबार हुन लागेको अधिवेशन तयारी समितिका संयोजक विकास अधिकारीले बताए । नेसाजले जापानमा रहेको दूतावास तथा एनआरएनए लगायत संघसस्थासँग समन्वय गर्दै आइरहेको छ ।

जापानमा विद्यार्थीका रुपमा आई अध्ययनपछि विभिन्न पेसा व्यवसाय गर्दै आईरहेका नेपालीहरु साथै अध्ययनका लागि हाल जापानमा रहेको नेपाली विद्यार्थीहरुको पनि उत्साहजनक सहभागिता रहने कार्यक्रम संयोजक अधिकारीले बताए ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार