टोकियो/जापान । बाग्लुङ समाज जापान र बिहुँकोट समाज जापानको संयुक्त आयोजनामा चैते दशैंको अवसरमा टोकियोमा चैत्राष्टमी मेला २०२४ हुने भएको छ ।
गण्डकी प्रदेशकै महत्वपूर्ण मेलाको रुपमा बागलुङ जिल्लामा परापूर्वकालदेखि सञ्चालन हुँदै आएको चैत्राष्टमी मेलाको झल्को दिनेगरी अप्रिल १४ तारिख आईतवार टोकियोमा संयुक्त रुपमा कार्यक्रम गर्नेगरी तयारी थालिएको बिहुँकोट समाज जापानका अध्यक्ष दिपक कंडेलले जानकारी दिनुभयो ।
कार्यक्रम सम्पन्न गर्नकोलागी बाग्लुङ समाजका अध्यक्ष यमकान्त कंडेलको संयोजकत्वमा मुल आयोजक समिती गठन गरी तयारी थालिएको छ ।
समितिको सदस्यहरुमा बिहुँकोट समाजका उपाध्यक्ष फडिन्द्र शर्मा सुबेदी र बाग्लुङ समाजका उपाध्यक्ष प्रकाश केसी रहनुभएको छ भने मेलाको सदस्य सचिबमा दुई समाजका महासचिबहरु घनश्याम कंडेल (अर्जुन) र सचिन आचार्य रहनुभएको छ ।
आर्थिक ब्यवस्थापन उपसमितिको संयोजकमा बिहुँकोट समाजका उपाध्यक्ष टिकाराम कंडेल सदस्यहरुमा केशव सुबेदी र नारायण प्रसाद कंडेल रहनुभएको छ ।
यातायात ब्यवस्थापनामा दुई समाजका उपाध्यक्षहरु गुरु प्रसाद सापकोटा र रामु कंडेल रहनुभएको छ भने प्रचार प्रसार उपसमितिको संयोजकमा बाग्लुङ समाजका उपाध्यक्ष बिष्णु सापकोटा सदस्यहरुमा शिवलाल कंडेल, बसन्त आचार्य, रामु खत्री र खिमानन्द कंडेल रहनुभएको छ । त्यसैगरि अतिथी सम्मान तथा ब्यवस्थापना संयोजकमा बाग्लुङ समाजकी उपाध्यक्ष शोभा केसी (गीता) तथा सदस्यहरुमा बिना खड्का र मुना कंडेल रहनुभएको छ ।
राष्ट्रिय कलाकारको साथमा हुनलागेको साँगितिक कार्यक्रमलाई ऐतिहासिक रुपमा सफल बनाउन दुबै समाजका संरक्षक, सल्लाहकार जापानमा गठित जिल्ला भित्रका अन्य समाजहरुसँग समन्यव र सहकार्य गर्दै कार्यक्रम गरिन लागेको बाग्लुङ समाजका अध्यक्ष तथा कार्यक्रम मुल आयोजक समितिका संयोजक यमकान्त कंडेलले बताउनुभयो ।
कार्यक्रमबाट संकलित रकम मध्य केही प्रतिशन बाग्लुङ जिल्लाको कुनै परोपकारी क्षेत्रमा खर्च गर्ने गरी आयोजित कार्यक्रम टोकियोभित्र गरिने भएपनी स्थान र आमन्त्रित कलाकारको बारेमा केहीदिनपछी जानकारी गराईने बताईएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




