गुन्मा/जापान। गुन्मा प्रिफेक्चरको इसेसाकीको पार्क नजिकै बुधबार कुकुरले आक्रमण गर्दा प्राथमिक विद्यालयका ९ जना विद्यार्थीसहित १२ जनालाई टोकेको बताईएको छ। उनिहरु मध्ये ५ जनालाई अस्पताल लगिएको थियो ।

सेइबु चुओ पार्क नजिकै कुकुरले ति मानिसहरुलाई आक्रमण गरेको देखेपछि, प्रत्यक्षदर्शीले अपरान्ह ४ः१० बजे प्रहरीलाई आपतकालीन फोन गरिदिएका थिए। आक्रमणमा घाइते भएका व्यक्तिहरू ७ र ६३ वर्षका बीचको रहेको प्रहरीले जनाएको छ।

प्रहरीले कुकुरका मालिक इसेसाकी बस्ने ६२ वर्षीय पुरुषलाई सोधपुछ गरेको छ । लापरवाहीका कारण भएको क्षतिको जिम्मेवारी मालिकबारे थप अनुसन्धान भइरहेको छ ।

२ वर्षको शिकोकु जातको कुकुरलाई नियन्त्रणमा लिइएको र करिब १३० सेन्टिमिटर लामो र ६० सेन्टिमिटर अग्लो रहेको स्थानीय प्रहरीले जनाएको छ।त्यतिबेला पार्कमा बसेकी एउटी केटीले भनिन्, “कुकुर रिसाएको देखिन्थ्यो। म डराएर भागेँ।”

सन् १९५० को दशकदेखि जापान भित्र रेबिज संक्रमणको कुनै पनि केस फेला परेको छैन।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार