टोकियो/जापान। धादिङ समाज जापानले जिल्लाको सडक सुरक्षा सुधारका लागि करिब २ लाख रुपैँया बराबरको सडक सुरक्षा सम्बन्धित सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

समाजका महासचिव बिजय सडौलाले नेपालन्युजपोस्टलाई बताए अनुसार, २ लाख रुपैँया बराबरको सडक सुरक्षा सम्बन्धित सामाग्री जिल्ला ट्राफिक कार्यालय गजुरी शाखाका ट्राफिक ईन्चार्ज प्रहरी निरिक्षक रबिन्द्र कुमार श्रेष्ठ तथा प्रहरी साहयक निरिक्षक दुर्गा प्रसाद गौतमलाई समाजका संरक्षक कृष्ण खनाल, समाजका सल्लाहकार तेजाव अर्याल र धादिङ क्रिकेट संघका अध्यक्ष दिपेश कण्डेलको उपस्थितिमा हस्तान्तरण गरिएको हो।

समाजका अध्यक्ष श्यामहरि तिम्सिनाका अनुसार यो पहिलाको कार्यसमितिले नै तय गरेको कार्यक्रम हो,तर त्यतिखेर पुरा गर्न नसकिएकाले,अहिलेको कार्यसमितिले हस्तान्तरण गरिएको हो ।

यस पटक समाजले प्रदान गरेको सामग्रीको सूची

यस कार्यक्रमलाई समाजको उपाध्यक्ष बिमल श्रेष्ठले संयोजन गरेका थिए। धादिङ समाज जापान सन २०१३ देखि जापानमा क्रियाशिल रहँदै आएको छ भने केन्द्रीय समिति जापानमा गैरनाफामुलक सामाजिक संस्थाकोरुपमा औपचारिकरुपमा दर्ता पनि गरिएको छ।

थप तस्बिरहरु


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार