टोकियो/जापान। टोकियो विदेशी मुद्रा विनिमय बजारमा १२ तारिख पनि जापानी येन विनिमय दरमा उतारचढाव कायम रह्यो ।

बैंक अफ जापानले छिट्टै आफ्नो, ठूला स्तरको मौद्रिक सहजताका उपायहरू संशोधन गर्ने अपेक्षाहरूबारे बैंक अफ जापानका गभर्नर उएदाद्वारा गरिएको टिप्पणीका कारण लगानीकर्ताहरु केहि सचेत हुँदा अघिल्लो दिनको तुलनामा येनको भाउमा केहि गिरावट देखियो ।

१२ तारिख कारोबार बन्द हुने समय,साँझ ५ बजेसम्ममा प्रति डलर १४७.३४ येनका दरले कारोबार भयो । यो दर पछिल्लो केहिदिन यताको तुलनामा सकारात्मक भएतापनि ११ तारिखको तुलनमा भने करिब ६० पैसाले येनको भाउमा गिरावट देखिएको हो ।

एक बजार स्रोतका अनुसार “बैंक अफ जापानका गभर्नर उएदाले हाउस अफ काउन्सिलर्सको फाइनान्स एण्ड फाइनान्सियल अफेयर्स कमिटीमा एक विज्ञप्ति जारी गर्दै भने, “व्यक्तिगत उपभोगले खाना, दैनिक उपभोग्य वस्तु आदिमा केही कमजोरी देखाएको देखिन्छ। प्रतिक्रियामा, अफ जापानले नीति बैठकमा हालको ठूला स्तरको मौद्रिक सहज उपायहरू परिमार्जन गर्नेछ भन्ने अपेक्षामा केही हदसम्म जापानी येनको भाउ कम भएको आँकलन गरिएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार