टोकियो/जापान। जापानको, कावासाकी शहरको १५ औं विदेशी नागरिक प्रतिनिधि छनौट पछिको पहिलो सभा सम्पन्न भएको छ ।
खुला अन्तर्बार्ता छनोट प्रकृयाबाट सहरमा बसोबास गर्ने बिभिन्न २६ देशका प्रतिनिधिलाई नियुक्त गरेको छ । कावासाकि नगरपालीकाले आफ्नो सहरमा बसोबास गर्ने बिदेशि नागरिकका समस्या र समाधान सुन्नको लागि नेपाली प्रतिनिधि नारायण पोखरेललाई चयन गरेको छ।
अबको दुई वर्ष स्थानीय समुदायमा बस्ने शिक्षा, कल्याण र स्थानीय बासिन्दासँग अन्तरक्रिया जस्ता विषयहरूमा छलफल गर्नेछन् । कावासाकि सिटिमा बसोबास गर्ने बिदेशि नागरिकले भोग्दै आईरहेका समस्या हरु माथि छलफल गर्दै समाधानकालागि सल्लाह सुझाव एक मुष्ठ मेयरलाई लाई बुझाउनेछन् । मेयरले बिदेशि प्रतिनिधिबाट प्राप्त सुचनाका आधारमा निति नियम तहमा निर्णय गर्नेछन् ।
कावासाकि सहरमा करिब १५ लाख ५० हजार जनसंख्या मध्ये करिब ५२००० बिदेशि नागरिक बसोबास गर्दछन् ।
२ बर्षे कार्यकालको पहिलो बैठकमा सहभागि कावासाकि नगरपालिकाका मेयर नोरिहिको फुकुदाले सबैलाई शुभकामना व्यक्त गर्दै भने, ‘विविधता नै सम्भावना र विकासको आधारशिला हो” । त्यसपछि प्रतिनिधिहरुले आ–आफ्ना २ बर्ष भित्रमा आफुले गर्न सक्ने बिचारका बारेमा एक एक गरी बोलेका थिए ।प्राय प्रतिनिधिहरुले प्रकोप रोकथाम, चिकित्सा हेरचाह, र शिक्षा बारे छलफल गर्ने इच्छा व्यक्त गरेका थिए ।
कावासाकि सहरले विदेशीलाई सहभागी गराउने उद्देश्यले सन् १९९६ मा अध्यादेशमार्फत प्रतिनिधि परिषद्को स्थापना भएको हो । कावासाकि अन्तराष्ट्रिय प्रतिनिधि परिषदले विदेशीहरूलाई निजी घर भाडामा लिन सजिलो बनाउने र वडा कार्यालय, नागरिक केन्द्र र पुस्तकालयहरूमा विदेशीहरूका लागि सूचना केन्द्रको स्थापना गर्ने प्रणाली अहिले जापान भर स्थापित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




