टोकियो/जापान। जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले गरेको पछिल्लो सर्वेक्षणले देशव्यापी खाली घरहरूको संख्या ९० लाख यानेकी कुल घरधुरीको १३.८ प्रतिशत रहेको पाइएको छ। यो जनसंख्या घट्ने र वृद्ध जनसंख्याहरु बढ्दोक्रममा रहेकाले अहिलेसम्मकै उच्च हो।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले आवासको संख्या र स्थितिको अध्ययन गर्न प्रत्येक पाँच वर्षमा एक पटक “आवास र जग्गा तथ्याङ्क सर्वेक्षण” सञ्चालन गर्दछ । गत वर्ष (सन २०२३)को अक्टोबर १ सम्मको सर्वेक्षणको नतिजाले सो कुरा उजागर गरेको हो ।

सर्वेक्षण अनुसार जापानमा खाली घरको संख्या देशभर ९० लाख पुगेको छ, जुन अघिल्लो सर्वेक्षणको तुलनामा ५ लाख १० हजारले बढेको हो भने खाली घरहरुको यो संख्या अहिलेसम्मकै उच्च हो ।

घट्दो युवा जनसंख्या र बढ्दो वृद्धहरुको कारण विभिन्न खाली घरहरूको संख्या बढ्दै गएको हो । अहिले ३० वर्ष पहिले(सन १९९३) को तुलनामा जापान भर खाली घरहरुको संख्या दोब्बर भएको बताईएको छ।

जापानमा खाली घरहरुको सबैभन्दा धेरै टोकियोमा रहेको बताईएको छ। पछिल्लो डेटा अनुसार टोकियोमा ८ लाख ९८ हजार घरहरु पूर्णरुपमा खाली छन् । त्यसैगरि ओसाकामा ७ लाख ३ हजार घरहरु खाली छन् भने खानागावा प्रिफेक्चरमा ४ लाख ६६ हजार घरहरु खाली भएका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार