टोकियो/जापान। वरिष्ठ लोक गायक दुर्गा रायमाझीको उपस्थितिमा टोकियोमा “नेपाली लोक तथा दोहोरीगीत संगीतको प्रवर्द्धनमा प्रवासी नेपालीहरुको भूमिका”विषयमा विचार गोष्ठी कार्यक्रम आयोजमा हुने भएको छ।

प्रवासमा रहेर नेपाली मौलिक लोक संकृति एवं लोकगीत संगीतको संरक्षण र प्रवर्द्धनमा निरन्तर क्रियाशिल राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जापान शाखाले यहि आउँदो मे १९ तारिखका दिन टोकियोको गोतान्दामा विचार गोष्ठी  आयोजना गर्न लागिएको संस्थाका सचिव समुद्र राज पौडेलले जानकारी गराए ।

कार्यक्रम हुने मिति तथा स्थान 
मितिः २०२४/०५/१९ तारिख आईतबार
स्थानः 東京都品川区東五反田5-28-12 ワタナベボクシンフビルB1F
समयः दिउँसो ४ बजे देखि


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार