टोकियो/जापान। जापानका शिक्षामन्त्री मासाहितो मोरियामाले ७० वर्षमा पहिलो पटक जापानी भाषालाई रोमनाइज गर्ने प्रणालीको समीक्षा गर्न मंगलबार सल्लाहकार समितिलाई आग्रह गरेका छन् ।
सांस्कृतिक मामिला काउन्सिलले जापानी भाषालाई ल्याटिन वर्णमालामा कसरी लेख्न सकिन्छ भन्ने कुरामा विचार गर्नेछ, जसमा हाल प्रयोगमा रहेका विभिन्न रोमन शैलीहरूलाई एकताबद्ध गर्दै, काउन्सिलले चाँडोमा आगामी वसन्त सम्ममा प्रतिवेदन पेश गर्ने लक्ष्य राखेको छ।
जापानले ७० वर्षपछि हाल कायम रोमन मानकहरु परिवर्तन गर्ने बारे पहल गरेको हो।सन् १९५४ मा एक संसदिय समितिद्वारा निर्धारण गरिएको रोमन लेखन मानक कुनरेइ शिकी(訓令式)भनेर चिनिने शैलीलाई औपचारिकरुपमा लिइने गरेता पनि, हाल त्यसभन्दा फरक शैलीको हेप्बर्न रोमन(ヘボン式)को प्रयोग अधिक हुने गरेको छ। खासगरी राहदानी तथा र सडक चिन्हहरूमा समेत आजकाल हेप्बर्न रोमन लेख्ने गरेको पाईन्छ।
कुनरेइ(訓令式)र हेप्बर्न(ヘボン式) रोमन शैलीमा के फरक छ ?
यी दुबै जापानी भाषालाई रोमनमा कसरी अभिव्यक्त गर्ने भन्ने शैली हो । उदाहरणका लागि – जापानी वर्णमालाको चि(ち)वर्णलाई अंग्रेजीमा उच्चारण गर्दा वा लेख्दा,कुनरेइ शिकी अन्तर्गत (Ti )लेखिन्छ । भने हाल अधिक प्रचलनमा रहेको हेप्बर्न शैलीमा (Chi ) लेखिन्छ ।
अझ सहजिलो तरीकाले भन्दा,जापानी भाषाकै उच्चारणलाई आधार मानि,रोमन अक्षरमा लेख्ने शैली कुनरेइ शिकी हो भने अंग्रेजी उच्चारणलाई आधार मानी रोमन अझरमा लेख्ने शैली हेप्बर्न हो ।
केहि उदाहरणहरु

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




