टोकियो/जापान। टोकियो महानगरीय सरकारले ग्राहकहरूबाट हुने उपद्रवपूर्ण व्यवहार यानेकी “कासुहारा” जस्ता ग्राहकहरूबाट हुने दुव्र्यवहार रोक्न देशकै पहिलो अध्यादेश जारी गर्ने लक्ष्य राखेको छ।

विभिन्न निजी सेवा प्रदायक क्षेत्रहरुमा कार्यरत कर्मचारीहरु माथी ग्राहकहरुबाट हुने उत्पिडन (कस्टमर ह्यारस्मेन्ट)तथा सरकारी सेवा प्रदायक संस्थाहरुमा सेवाग्राहीबाट हुने उपद्रवपूर्ण व्यवहार रोक्न यस्तो अध्यादेश ल्याउन लागिएको हो ।

उत्पीडन रोक्न जापानमा पहिलो अध्यादेश ल्याउने तयारी गरेको टोकियो महानगरीय सरकारले हालसम्म उत्पीडनलाई ”कामदारहरूप्रति अपमानजनक भाषा वा जायज कारणबिना अत्यधिक मागहरू जस्ता कामको वातावरणलाई हानि पुऱ्‍याउने अनुचित कार्यको रूपमा परिभाषित गरेको छ।” महानगरको अध्यादेशमा त्यस्ता ग्राहकहरुलाई कुनै निश्चित सजाय भने नतोकिने बुझिएको छ।

ग्राहकहरूका अतिरिक्त, सार्वजनिक सेवा काउन्टरहरू, विद्यालयहरू, इत्यादिलाई उत्पीडनको लक्ष्यको रूपमा प्रयोग गर्ने व्यक्तिहरूलाई सूचीबद्ध गर्नेछ।

महानगरपालिकाले आज २२ तारिख बस्ने आर्थिक तथा श्रम संगठनसँगको बैठकमा यो मस्यौदा पेस गर्ने र त्यसबाट प्राप्त सुझावका आधारमा अध्यादेश जारी गर्ने लक्ष्य राखेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार