टोकियो/जापान। अभिनेता अनमोल केसी आफ्नो चलचित्र फर्की फर्कीको प्रिमियर शोमा सहभागी हुन जापान आउने  भएका छन्।

आउँदो जुन ९  तारिख  जापानको राजधानी टोकियोमा हुन लागेको चलचित्रको रेड कार्पेट प्रिमियरमा सहभागी हुन अनमोल  जापान आउने भएका हुन् ।यस  पटक अनमोलको जापान भ्रमण रिफ्रेस्मेंटका लागि समेत हुने छ। चलचित्र रिलिज पुर्व र रिलिज पछिको दौडधुपको थकाई मेटाउन अनमोलले जापानमा केहि समय बिताउने छन्। अनमोल टोकियोमा हुने मुख्य शोमा सहभागी हुनेछन्। यसका अलवा  नागोया ,फुकुओका लगाएतका शहरमा हुने शोहरुमा समेत सहभागिता जनाउने सम्भावना रहेको छ।

सन् २०१८मा चलचित्र कृ को रेड कार्पेट प्रिमियरका क्रममा अनमोललाई जापान ल्याएका, चलचित्र फर्की फर्कीका प्रदर्शक सुवास लामिछानेले ६ वर्ष पछि पुन अनमोललाई जापान ल्याउन लागेका हुन् । सुवास भन्छन् -अनमोलको जस्तो स्टार भ्यालु अनि क्रेज अरुको देखिन। चलचित्र कृको प्रदर्शन गर्दा सामान्य तयारीका बीच पनि करिब एक हजार दर्शक उपस्थित भएका थिए। यो पटक पन्ध्र सय बढी दर्शक चलचित्र फर्की फर्की हेर्न आउने सुवासले अनुमान गरेका छन्। त्यसो त सुबासले चलचित्र कबड्डी ४ प्रदर्शन गराउँदा सत्रसय दर्शकले चलचित्र हेरेका थिए। जापानको इतिहासमै एक शोमा एकैसाथ सत्रसय दर्शकले चलचित्र हेरेको पहिलो पटक भएको सुबास बताउँछन्। पछिल्लो समय राम्रो चलचित्र प्रदर्शन हुँदा जापानमा रहेका दर्शकहरुले समेत राम्रो साथ दिंदै आएका छन्।

चलचित्र फर्की फर्कीलाई नेपालका दर्शकहरु बाट राम्रो साथ मिल्नुका साथै चलचित्रले राम्रो प्रतिक्रिया समेत पाइरहेको छ। जसकारण जापानमा चलचित्रको बेग्र प्रतिक्षा भइरहेको सुवासले जानकारी गराएका छन्। चलचित्र जापानको टोकियो स्थित नाकानो जिरो हलमा जुन ९ तारिक साँझ ६ ;३० बजे बाट प्रदर्शन हुनेछ। चलचित्र हेर्नका लागि बिद्यार्थीहरुलाई २५०० /- र अरु दर्शकका लागि ३००० /-टिकट दर राखिएको छ। टिकटखै डट कम अनलाइन मार्फत पनि टिकट खरिद गर्न सकिने बताइएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार