टोकियो/जापान। ताईफु १को प्रभावका कारण आज दिउँसोसम्म दक्षिणी कान्तो क्षेत्र र इजु टापुहरूमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको जोखिम रहेको छ।

जापान मौसम विज्ञान एजेन्सीले मानिसहरूलाई पहिरो,
समतल क्षेत्रमा बाढी तथा डुबानको जोखिमप्रति
सावधानी अपनाउन आग्रह गरेको छ।

ताईफुको प्रभाव, इजु टापुहरू नजिकबाट जापानको पूर्वतिर सर्ने अपेक्षा गरिएको छ । जसको कारण दक्षिणी कान्तो क्षेत्रमा मेघ गर्जन सहित प्रति घण्टा ३० मिलिमीटर भन्दा बढी भारी वर्षाको जोखिम छ।

यसका साथै ,इजु टापुहरूमा ६ मिटरसम्मको उच्च समुद्री छालहरू जारी रहने अपेक्षा गरिएको छ।जापान मौसम विज्ञान एजेन्सीले मानिसहरूलाई उच्च छालहरु, बाढी/पहिरो,चट्याङ तथा सम्भावित डुबानको जोखिम रहेको भन्दै सावधान रहन आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार