टोकियो/जापान। टोकियो सिटी विश्वविद्यालयका डिन, अनुसन्धान-प्रोफेसर, डा. होम बहादुर रिजाल ले आर्किटेक्चर संस्थान जापान बाट अनुसन्धान-लेखको पुरुस्कार प्राप्त गरेका छन् ।
यो पुरुस्कार जापानको प्रसिद्ध विश्वविद्यालयको प्रोफेसरहरुका लागि पनि विरलैमात्र प्राप्त हुने गर्दछ।”मेरो अनुसंधानको जापानमा राम्रो मुल्यानकन भयो, यो पुरुस्कारमाम र सह-लेखकले करिब २५ बर्ष लगाएर गरेको ३३ ओटा (जापानी ८ ओटा र अंग्रेजी २५ ओटा) अनुसंधान-लेखलाई समाबेस गरिएको थियो।धेरै राम्रा जर्नलमा प्रकाशित भएको लेखहरु विश्वभरीका अनुसन्धानकर्ताले धेरै प्रयोग गरेकोले अन्तर्राष्ट्रिय मूल्याङ्कन पनि गरिएको हो”-डा रिजालले नेपालन्युजपोस्टलाई भने ।
डा. रिजालले नेपालको परम्परागत घरहरु हावापानी संग राम्रो संग मिलेर बनेकोले गर्मीमा सितल र जाडोमा न्यानो हुने कुरा सबभन्दा पहिला पत्ता लगाएका थिए। त्यस पश्चात नेपाली घरहरुलाई इन्सुलेशन, एयर टाइट गरेमा अझै अनन्दित हुने तथ्य पनि पत्ता लगाएका थिए। यसका साथै नेपाली र जापानीहरुको अनन्दित तापक्रमको अनुसंधान गर्दा ऋतु र जलवायु क्षेत्र अनुसार धेरै फरक पाईएको थियो। नेपाल र जापानको घर, जापानको अफिस र विश्वको अर्ध-बाहिर, बाहिरको अनन्दित तापक्रम अनुमान गर्ने मोडेल सबभन्दा पहिला डा रिजाल प्रस्ताव गरेका थिए।अनन्दित हुनको लागि गरिने विभिन्न कार्य-व्यवहार सम्बन्धी मोडेल पनि सबभन्दा पहिला प्रस्ताव गरेका थिए। यो सबै अनुसंधानले तापिय आनन्द, ऊर्जा खर्चको कम, स्वास्थ्यको सुधारहरु गरि दिगो विकास गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ।

धादिङ जिल्लाको ज्यामरुङमा जन्मिएका डा. रिजाल सन् १९९२ मा जापान आएर उच्च शिक्षा हासिल गर्दै,हाल जापानको टोकियो सिटी विश्वविद्यालयको डिनका रुपमा कार्यरत छन्।
डा रिजाल भन्छन् – सफल हुनको लागी धेरै लामो समय लाग्ने भएकोले हामीले आ-आफ्नो विषयमा अनुसंधान जारी राख्नु पर्छ। यो पुरुस्कार पाउन मलाई गाईड गर्ने प्रोफेसर, सह-लेखक, विद्यार्थीहरुको ठुलो योगदान छ । म सबैलाई धन्यवाद दिन चाहन्छु ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




