ओसाका, जापान । स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराकासाथ विगत चार वर्ष देखि जापानको ओसाकामा निरन्तर रुपमा संचालन गर्दै आइरहेको फुटसल प्रतियोगिता अन्र्तगतको चौंथो बेनी एफसी फुटसल प्रतियोगीता २०२४ यस पटक भने आयोजक आफैले उपाधी हात पारेको छ ।

जुन १ तारिक ओसाकामा भएको खेलमा जापानको विभीन्न क्षेत्रका २५ वटा नेपाली फुटबल क्लबहरुको सहभागीता रहेको प्रतियोगीताको उपाधी बेनी फुटबल क्लब ओसाकाले हात पारेको छ भने मर्करी फुटबल क्लब टोकीयोले उपविजेतामा चित्त बुझाएको छ । विजेता टिमले चार लाख पचास हजार र उपविजेता टिमले २ लाख पच्चिसहजार जापानीयन नगद, ट्रफि र प्रमाण पत्र हात पारेका बेनी एफसीका म्यानेजर मनोज बाँनियाले जानकारी  दिए ।

त्यसैगरी खेलको बेस्ट प्लेयर मर्करी फुटबल क्लबका बिनोद सुनार, बेस्ट किपर बेनी फुटबल क्लबका लक्ष्मण थापा, बेस्ट डिफेन्डर र हाई स्कोरर बेनीकै अनिल मोक्तान र इमान लामाले उपाधी हात  पारेका छन्  भने बेस्ट गोल अफ द टुर्नामेन्टको उपाधी पनि बेनीकै अशोक नेपालीले प्राप्त गरेका छन्। त्यसैगरि उदयमान  खेलाडीको उपाधी भने ओसाका बद्रर्सका धिरज पुन मगरले प्राप्त गरे ।

खेलको औपचारीक कार्यक्रम बेनी फुटबल क्लबका म्यानेजर मनोज बानियको अध्यक्षता भएको थियो भने कार्यक्रमको प्रमुख अतिथी युवा व्यवसायी तथा समाजसेवी तेज गुरुङ रहेका  थिए। त्यसैगरी विशिष्ट अतिथीकोरुपमा युवा व्यवसायी तथा समाजसेवी नविन केसी,तिलक केसी लगाएतका अन्य खेलाडी तथा खेल प्रेमीहरुको कार्यक्रममा बाक्लो सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार