टोकियो/जापान। जापानमा विदेशी कामदारको बढ्दो संख्यालाई युवा जापानीहरूले ठूलो हदसम्म स्वागत गरिरहेका छन् भने पुराना पुस्ताहरूले यो आगमनप्रति असन्तुष्ट व्यक्त गर्ने प्रवृत्ति रहेको एक सरकारी सर्वेक्षणले देखाएको छ।

जापानको अध्यागमन सेवा एजेन्सीले पहिलो पटक जापानी नागरिकहरूलाई विदेशीहरूको जनसंख्या बढेकोमा कस्तो महसुस भइरहेको छ भनेर एक सर्वेक्षण गरेको थियो।सोहि क्रममा यस्तो रिपोर्ट प्राप्त भएको हो ।

सर्वेक्षणमा सहभागि सबै उत्तरदाताहरू मध्ये २९.७% ले अनुकूल विचार व्यक्त गरेका थिए भने , २३.५% ले उनीहरू विदेशीहरुको बढ्दो संख्याप्रति खुशी नभएको बताएका थिए।

१८ देखि १९ वर्ष उमेर समूहका आधाभन्दा बढी उत्तरदाताहरूले विदेशी बासिन्दाहरूको वृद्धिमा सकारात्मक धारणा राखेका थिए। विदेशीहरूलाई ग्रहण गर्नेहरू प्रारम्भिक ४० वर्षसम्म उमेर समूहहरूमा ३०% भन्दा बढी थिए।

तर वृद्ध उत्तरदाताहरूको ठूलो हिस्साले उनीहरूले या त प्रतिकूल विचारहरू राखेका थिए या कुनै पनि धारणा नराखी मौन बसेका थिए।

विदेशी कामदारहरू आफ्नो परिवारसँग जापान आइपुग्दा, तिनीहरूका धेरै बच्चाहरू जापानी विद्यालयहरूमा पढ्ने गरेका छन् । सर्वेक्षणमा सहभागि उत्तरदाताहरू मध्ये किशोर र २० वर्ष उमेर समुहका, एक तिहाइ भन्दा बढीले विदेशीहरूसँग स्कूलमा संगै पढेको वा विदेशी चिनजान भएको बताएका थिए।

त्यसैगरि ३० देखि ५९ वर्ष सम्मका उत्तरदाताहरू मध्ये,३०% देखि ४० % ले उनीहरूले हाल वा विगतमा विदेशीहरूसँग काम गरेको बताएका थिए।

अध्यागमन सेवा एजेन्सीले अक्टोबर र नोभेम्बरमा १८ वर्ष वा सोभन्दा माथि उमेर समूहका मानिसहरूलाई लक्षित गरी सर्वेक्षण गरेको थियो। आधारभूत निवासी दर्ताबाट अनियमित रूपमा छानिएका १०,००० जापानी नागरिकहरूलाई सर्वेक्षण प्रश्नहरू पठाइएकोमा एजेन्सीले ४,४२४ प्रतिक्रियाहरू प्राप्त गरेको थियो।

अध्यागम सेवा एजेन्सीले विदेशी नागरिकहरूका मनोवृत्ति मापनका लागि नियमित रूपमा सर्वेक्षण गर्छ, तर यो मूल जापानी नगरिकहरुको मनोवृत्ति मापन गर्ने सर्वेक्षण गरेको यो पहिलो पटक हो।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार