टोकियो/जापान। जापानमा हुनुहुन्छ र हरेक वर्ष वसन्त ऋतुको आगमनसंगै काफुन्स्योबाट पिडित हुने समस्या छ भने तपाईको लागि खुशीको खबर आएको छ।
जापानमा बसोवास गर्ने प्राय सबैलाई थाह ना छ कि,जापानमा हरेक वर्ष करोडौँ मानिसहरु काफुन्स्यो(हे फिभर)बाट प्रभावित हुने गर्दछन् । यसले समग्र जापानको उत्पादकत्वमा समेत ठूलो असर पुर्याउने गरेको छ ।
यिनै समस्यालाई न्युनिकरण गर्न जापान सरकारले आगामी १० वर्षमा काफुन्स्यो मूख्य कारक मानिने अत्यन्तै धेरै पराग कणहरु फैलाउने सल्ला प्रजातीको सुगी भनिने रुखहरु २० प्रतिशतले घटाएर ३० वर्षभित्र सुगीका कारण हुने काफुन्स्यो समस्यालाई आधा न्यनिकरण गर्ने स्वैत पत्र जारी गरेको छ।
जापानमा यो सिजनमा धेरैलाई सताउने काफुन्स्यो(花粉症)का लक्षण तथा रोकथामका उपायहरु (जानकारी)
हालै बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको वन तथा वन सम्बन्धी श्वेतपत्रमा पहिलो पटक काफुन्स्यो सम्बन्धी विशेष खण्ड समावेश गरिएको हो ।
उक्त श्वैत पत्रमा, सरकारले दोस्रो विश्वयुद्ध पश्चात रोपिएका सुगीका रुखहरु काट्ने र कम पराग उत्सर्जन गर्ने बिरुवाहरू रोप्ने गर्ने कार्यलाई तीव्रता दिने वाचा गरेको छ।
उक्त सरकारी प्रतिवेदनले दोस्रो विश्वयुद्धको अन्त्यपछि जमिनको संरक्षण गर्न र काठको बढ्दो माग पूरा गर्न निर्माण गरिएका कृत्रिम रुख काटेर प्रयोग गर्न सकिने अवस्थामा पुगेको उल्लेख गरेको छ । अब,ति अत्याधिक परागकणहरु उत्सर्जन गर्ने रुखहरु काटेर त्यसको सट्टामा अन्य रुखहरु रोप्ने बताईएको छ।
जापानमा कृत्रिम वनको कुल क्षेत्रफल सन् १९४९ मा करिब ५० लाख हेक्टरबाट दोब्बर भएर अहिले करिब १ करोड हेक्टर पुगेको छ । जहाँ सुगीका रुखहरुले वनको कुल क्षेत्रफलको करिब ४०% ओगटेको छ।
सरकारले सन २०२३ को मा, पहिलो पटक काफुन्स्योसंग जुध्न उपायहरूको रूपरेखा तयार गर्यो, जसमा सुगीका रूखहरू काट्न र तिनीहरूलाई अन्य रूखहरूसँग प्रतिस्थापन गर्नका लागि प्राथमिकता क्षेत्रहरू तोक्ने, निर्माणमा प्रयोग हुने सुगीका काठको माग विस्तार गर्ने लगायतका उपायहरु कार्यन्वयनमा ल्याउने सुझाव दिइएको थियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




