
टोकियो/जापान। जापानका सेल्फ डिफेन्स फोर्सका २४ वर्षीय पूर्व सदस्य डुंगामा एक्लै विश्व घुम्ने सबैभन्दा कान्छो जापानी यात्री बनेका छन् ।
हिरोचुगु किमुरा,शनिबार दिउँसो लगभग २ः४० बजे, उनको यात्राको लक्ष बिन्दुकोरुपमा तय गरिएको, वाकायामा प्रिफेक्चरको हिनोमिसाकी केपमा रहेको कि सुइदो च्यानलको एउटा बिन्दुमा पुगेका थिए ।
किमुराले शनिबार, ३० वर्षअघि २६ वर्ष १० महिनाको उमेरमा सन् १९९४ मार्चमा पहिलो पटक यस उपलब्धि हासिल गरेका सामुद्रिक साहसी यात्री कोजिरो शिराइशीले बनाएको कीर्तिमान तोड्दै सबैभन्दा कम उमेरमा डुंगाबाट विश्व घुम्ने जापानी नागरिक बन्न सफल भएका हुन् ।
किमुराले आफ्नो १२.५ मिटर क्राफ्ट मिरान्डामा चढेर गत वर्षको अक्टोबर २२ मा निशिनोमिया, ह्योगो प्रिफेक्चरको एउटा याट बन्दरगाहबाट यात्रा सुरु गरेका थिए। उनले २३१ दिनमा करिब ५२,००० किलोमिटर यात्रा गर्ने एकल लक्ष पूरा गरेका हुन् ।
किमुराले यात्राको क्रममा, सौर्य उर्जा र अन्य उपकरणहरु प्रयोग गरेर,आफ्नो खाना आफैँले बनाएर खाएका थिए। उनले यात्राको क्रममा कुनै पनि बन्दरगाहहरुमा रोकिएनन् भने कुनै पनि वस्तुहरुको आपूर्ति समेत नगरेको बताईएको छ।
शनिबार डुंगाबाट किनारामा उत्रिएका, किमुरालाई कम्पनीका सदस्यहरूले समर्थन गर्ने जहाजमा भेटेका थिए। उनले उक्त भेटको उत्सवमा आफ्नो डुंगाको हर्न बजाएर खुसी साटेका थिए।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




