टोकियो/जापान । जापानको बेरोजगारी दर गत मे महिनामा पनि २.६ प्रतिशतमा स्थिर रहेको,पछिल्लो सरकारी तथ्यांकले देखाएको छ । २.६ प्रतिशत बेरोजगार कायम भएको यो लगातार चौथो महिना हो ।
श्रम मन्त्रालयको रिपोर्ट अनुसार, मे महिनामा नियमित रोजगार कर्मचारीको संख्या ३ करोड ६७ लाख ५० हजार रहेको छ जसमा १ करोड ३१ लाख ४० हजार महिला रहेका छन् । रोजगार महिलाहरुको संख्या सन २०१३ यताकै उच्च हो ।
मन्त्रालयका एक अधिकारीले नियमित महिला कर्मचारीको वृद्धि उत्पादन र शिक्षा क्षेत्रमा उल्लेख्य रहेको बताए। मेइजी यासुदा अनुसन्धान संस्थानका प्रमुख अर्थशास्त्री युइची कोदामाले भने, “महिला रोजगारीमा भएको वृद्धिले श्रम बजारको कडाईलाई प्रतिबिम्बित गर्दछ।””निरन्तर श्रम अभावको बीचमा, महिलाहरू, विशेष गरी युवा पुस्ता तथा बालबालिका हुर्काउने उमेर समूहका महिलाहरु गैरनियमितबाट नियमित रोजगारीमा स्थानान्तरण भएको छ,” उनले भने।
मे महिनामा रोजगारी भएका व्यक्तिको कुल संख्या
त्यस अघिको महिनाको तुलनामा ०.१ प्रतिशतले बढेर ६ करोड ७६ लाख १० हजारमा पुगेको छ, जबकि बेरोजगारहरूको संख्या ०.५ प्रतिशतले घटेर १८ लाख २० हजार पुगेको मन्त्रालयले जनाएको छ।
ती मध्ये, ७ लाख ५० हजार मानिसहरूले स्वैच्छिक रूपमा आफ्नो जागिर छोडे भने,४ लाख ४० हजार मानिसहरूलाई उनीहरूको रोजगारदाताहरूले जागिर छोडाएका थिए।
समग्रमा,जापानमा कोरोना महामारीको अन्त्यसंगै श्रमिकहरुको माग अत्याधिक बढेको छ। त्यसैले बेरोजगार दर निरन्तर स्थिर रहेको छ। अर्कोतिक श्रमिक अभाव तथा बढ्दो महंगीको मारमा,बालबालिकाहरुको जन्म तथा हेरचाहमा व्यस्त हुनुपर्ने उमेरका महिलाहरु समेत रोजगारीमा व्यस्त हुँदा,जन्मदर थप घट्ने सम्भावना बढाएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




