टोकियो/जापान। जापानको नागोयामा ३० वर्षका एक स्वरोजगार व्यक्तिलाई मोबाइल फोन पसलबाट अर्काको नाममा स्मार्टफोन,ठगि गर्न नक्कली माई नम्बर कार्ड प्रयोग गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
ति व्यक्तिले, इन्टरनेटमा फेला परेको याओ सिटी ओसाकाको नगर परिषद् सदस्यको नाम र ठेगाना जस्ता व्यक्तिगत जानकारीलाई नक्कली माईनम्बर कार्ड बनाउन दुरुपयोग गरिएको देखिएको भन्दै प्रहरीले घटनाको थप विवरणहरू अनुसन्धान गरिरहेको जापानी संचार माध्यम एनएचकेले जनाएको छ ।
यसरी प्रकाउ पर्नेमा नागोया शहरको हिगाशी वार्डका ३९ वर्षिया युया माचुओ नामका स्वरोजगार व्यक्ति भएको बताईएको छ।
नागोया शहरको मिनामी वार्डमा रहेको एक मोबाइल फोन पसलमा एक व्यक्तिले नक्कली माईनम्बर कार्ड देखाएर, अर्काको नाममा मोडेल परिवर्तन गरी स्मार्टफोन ठगि गरेर बेचेको आशंका गरिएको छ। प्रहरी अनुसन्धानपछि ति व्यक्तिले आरोप स्वीकार गरेको बताईएको छ।
इन्टरनेटमा फेला परेको याओ सिटी, ओसाकाको नगर परिषद् सदस्यको नाम र ठेगाना जस्ता व्यक्तिगत जानकारी प्रयोग गरि, नक्कली माईनम्बर कार्ड बनाएको र सोहि कार्ड प्रयोग गरि, ति व्यक्तिले आईफोनको नयाँ मोडेल परिवर्तन गरेको बताईएको छ। जब सम्बन्धीत व्यक्तिको फोनमा नेटवर्क आउन बन्द भयो,त्यस पश्चात दुरसंचार कम्पनीमा फोन गर्दा,उनको फोनको मोडल परिवर्तन गरेको जानकारी प्राप्त गरे। त्यस पश्चात उक्त घटना सार्वजनिक भएको हो।
उक्त घटना बाहिरिएसंगै,अहिले जापानभरका मोबाईल फोन कम्पनीहरुले मोबाईल फोन खरिद सम्झौता गर्दा,माईनम्बर कार्ड तथा सवारी चालक अनुमती पत्रको कडा चेक जाँच तथा त्यसमा जडित चिपको माध्यमबाट वास्तविक व्यक्ति हो या होईन,छानबिन गर्ने तरिका अप्नाएका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




