टोकियो/जापान। जापानको राजधानी टोकियोमा जुलाई २८ तारिख “कमेडी एण्ड म्युजिकल कन्सर्ट- २०२४” कार्यक्रम आयोजना हुने भएको छ।

पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानले “विपन्न परिवारलाई शिक्षा र व्यवसाय प्रोत्साहन”को उद्देश्य सहित,चर्चित हास्य कलाकार मनोज गजुरेल,गायक धिरज राई,गायिका एलिना चौहान,गायक डिजराज पौडेल,बिष्णु सापकोटा लगायतका कलाकारहरुको प्रस्तुती सहित कार्यक्रम आयोजना गर्न लागेको हो।

कार्यक्रम टोकियोको नाकानो जेरो हलमा साँझ ५ बजेदेखि ९ बजेसम्म संचालन हुने बताईएको छ।

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार