टोकियो/जापान। जापानको उत्तरी क्युसु, चुगोकु क्षेत्र, होकुरिकु क्षेत्रका साथै जापानका अधिकांस स्थानहरुमा वर्षा भइरहेको छ । उत्तरी जापानमा १ तारिख दिउँसोसम्म र पश्चिम तथा पूर्वी जापानमा २ तारिखसम्म स्थानीय रूपमा अत्यधिक भारी वर्षाको सम्भावना रहेको भन्दै जापानको मौसम विज्ञान एजेन्सीले बाढी/पहिरो तथा डुबानबाट बच्न कडा सतर्कता अपनाउन आग्रह गरेको छ।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार, न्यानो, आर्द्र हावा होन्सु नजिकै फैलिएको र वायुमण्डलीय न्यून चापको कारणले गर्दा पश्चिमी जापानबाट उत्तरी जापानसम्मको व्यापक क्षेत्रमा वायुमण्डलीय अवस्था अस्थिर भएको छ।

२ तारिख बिहानसम्मको २४ घण्टामा जापानको सबैजसो क्षेत्रमा भारी वर्षा हुनेछ। २ तारिखसम्मको अवधीमा उत्तरी क्युशुमा २०० मिलिमीटर, तोकाई, किन्की र चुगोकु क्षेत्रहरूमा १५० मिलिम्टर, कान्तो -कोशिन क्षेत्रमाव१२० मिलिमीटर तथा होकुरिकु र सिकोकु क्षेत्रमा १०० मिलिमीटर वर्षा हुने अनुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार