टोकियो/जापान। यस वर्ष जापानमा कुल १० हजार खाद्यान्न तथा पेय पदार्थको मूल्य बढेको वा बढ्ने अनुमान गरिएको छ । यो गत वर्षको तुलनामा कमी हो । अघिल्लो वर्ष ३० हजारभन्दा बढी खाद्यान्न तथा पेय पदार्थको मूल्य बढेको थियो ।

विनिमय बजारमा येन कमजोर हुँदै जाँदा विदेशबाट आयातित कच्चा पदार्थ र सामग्रीहरुको खरिद लागत बढ्ने चिन्ताका कारण, अनुसन्धान संस्था तोइकोकु डेटा बैंकले यस वर्ष भरीमा कुल १० हजार खाद्यान्न तथा पेया पदार्थहरुको मूल्य बढ्ने आँकलन गरेको हो ।

अनुसन्धान संस्थाले १९५ प्रमुख घरेलु खाद्यान्न तथा पेय पदार्थ उत्पादकहरुबाट मूल्य प्रवृति संकलन गरेको थियो । जनवरी-नोभेम्बर अवधिमा मूल्य बढेको वा बढ्ने अनुमान गरिएका वस्तुहरूको संख्या जम्मा १०,०८६ देखिएको छ ।

मूल्यवृद्धिको प्रमुख कारणहरूको रूपमा,कच्चा पदार्थको मूल्यमा भएको वृद्धि गत वर्षको जस्तै ९०% भन्दा बढी छ,जबकि “कमजोर येन” ले २९.८% मूल्य वृद्धिता लागि योगदान गरेको छ ।

आउँद जुलाईमा, कुल ४११ खाद्य र पेय पदार्थहरूको मूल्यमा वृद्धि हुने तालिका रहेको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार