टोकियो/जापान ।जापानमा ट्रेनहरूमा सुतिरहेका मानिसहरूलाई भेट्नु कुनै असामान्य कुरा होइन। यो प्राय हरेक ट्रेन लाईनहरुमा सहजै देखिने दृश्य हो । तर,कहिले कहीँ त्यो सुतेको जस्तो देखिने सामान्य दृश्य कसैको भयानक मृत्युको घटना पनि बनिदिँदो रहेछ।
गत मे महिनामा जापानको एक ट्रेन लाईनमा एक जना मानिस यात्राकै क्रममा यति लामो समय सम्म निदाएछन् कि,उनले पुरै ११ घण्टा ३२ मिनेट ट्रेनको एउटा सिटमा बिताएछन् । त्यो अवधीमा उनि चढेको ट्रेनले कुल ६५२.७ किलोमिटर दुरी तय गरेछ।
जापानको ट्रेनमा निदाउनु सामान्य भएता पनि यति लामो अवधी निदाउनु र कसैले थाह नपाउनु चाहीँ साँच्चै अचम्म लाग्दो घटना भएको भन्दै जापानी संचार माध्यमहरुमा यस घटनाका विभिन्न खबरहरु प्रकाशित भएका छन् । हो,यति लामो समय कोहि पनि गुडिरहेको ट्रेनमा सामान्यतया निदाउँदैनन् । कि त आफैँ उठ्छन् कि त अन्तिम गन्तव्य पुगेपछि ट्रेन कर्मचारीले उठाएर ट्रेन बाहिर निकालिदिन्छन् । तर बिडम्बना,मे महिनामा टोकियोको सिन्जुकुबाट तोचिगिको उचुनोमियासम्म यात्रा गर्ने एक ट्रेनमा चढेका यात्रुले यात्राकै क्रममा ट्रेनमा निदाएको र सोहि अबधीमै निधन भएको खबर सार्वजनिक भएको छ।
यो गत मे ११ तारिखमा घटेको एक घटना हो । साँझ करिब ७:३५ बजे ओदावारा स्टेसनमा जेआर ईस्ट ट्रेन आइपुग्दा ट्रेनको भित्री भाग जाँच गर्ने काममा खटिएका स्टेसनका कर्मचारीले दुईजनाको बेन्च सिटमा एकजना अचल बसेको देखे तर सँधै देखिरहने दृश्य भएकाले अचम्म लागेन,उनिहरुले सोचे यात्री निदाएछन् । यद्यपि अरु सबै रेलबाट ओर्लिसके पछि पनि,ति मानिस त्यत्तिकै रहेपछि, स्टेशन कर्मचारीले मानिसलाई बोलाए, तर कुनै प्रतिक्रिया पाएनन् । नजिक गएर हेर्दा, मानिस पूर्ण रूपमा गतिहीन थियो। नाडी छाम्दा पनि स्वासप्रस्वास चलेको फेला पारेन, र डिफिब्रिलेटर(सामान्य मुटुको धड्कन पुनर्स्थापित गर्न मुटुमा विद्युतीय चार्ज वा करेन्ट लाग्ने यन्त्रहरू) प्रयोग गरेर मानिसलाई पुनर्जीवित गर्ने प्रयास पनि असफल साबित भयो, किनकि ति व्यक्तिको त्यो भन्दा पहिले नै मृत्यु भइसकेका रहेछ।
पछि,घटनाको विस्तृत छानबीनका क्रममा हेर्दा,ति मानिस सिन्जुकुबाट ११ तारिख बिहान ८ः०२ मिनेटको ट्रेन चढेका रहेछन् । टोकियो,साईतामा,खानागावा हुँदै तोचिगीको उचुनोमियासम्म पुग्ने उक्त ट्रेन चढेको केहि समय पश्चात नै ति व्यक्तिको मृत्यु भइसकेको रहेछ। तर कसैले थाह पाएनन् । र उनि दिनैभर त्यहि ट्रेनमै रहिरहे । सायद एकै पटक उनको मृत्यु नभएको पनि हुनसक्छ,अचेत अवस्थामा कसैले देखेको भए उनको ज्यान बचाउन पनि सकिन्थ्यो होला । दुर्भाग्य विकसित देशका व्यस्त मानिसहरुलाई अरुको बारेमा सोच्ने फुर्सत कहाँ हुनु र ?
(उनि को थिए ? के कारणले मृत्यु भयो लगायतका विषयहरुबारेमा यो सामग्री तयार पार्ने समयसम्ममा कुनै पनि सार्वजनिक गरिएको छैन। यो सामग्री हामीले आसाही पत्रीकाको अनलाईन संस्करणबाट लिएका हौँ)
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




