टोकियो/जापान। जापान यतिखेर विस्तारै वर्षायामको अन्त्यतिर छ। वर्षायामको अन्त्यमा भारी वर्षाका कारण विपद्हरू आउने गर्दछन् ।

१२ तारिख (शुक्रबार) बिहान एहिमे प्रिफेक्चरको माचुयामा शहरमा पहिरो गइ त्यहाँको जनजिवन प्रभावित भयो। यसका साथै शिकोकु क्षेत्रमा दिनको समयमा वर्ष कम भएता पनि राती फेरि भारी वर्षा भएकाले जोखि बढाएको थियो । यसका अलवा अझै केहि दिन जापानका धेरै जसो क्षेत्रहरुमा मौसमी बदली कायम रहने र यसले बाढी/पहिरो तथा डुबान जस्तै समस्या बढाउने मौसम विज्ञान एजेन्सीले जनाएको छ।

आज सक्रिय वर्षाको बादलहरू मुख्यतया क्युसु र शिकोकुमा सर्ने अपेक्षा गरिएको छ।जसका कारण भारी वर्षाको जोखिम छ । वर्षासंगै पहिरोको जोखिम रहेको छ। त्यसैगरि जापानको दक्षिणी किन्की क्षेत्र र तोकाई क्षेत्रमा पनि भारी वर्षा हुनेछ । जसले बाढी/पहिरो तथा डुबानको समस्या बढाउनेछ।

जापानको मौसम विज्ञान एजेन्सीका अनुसार १४ तारिखसम्म जापानका अधिकांस स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ। त्यसैले आफ्नो सुरक्षाका लागि सतर्क रहन आग्रह गरिएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार