टोकियो/जापान। जापानको चर्को गर्मीको कारण बिरामीका लक्षणहरु देखा परि अस्पत्ताल पुग्दा जाँच गरिएका अधिकांस बिरामीहरूमा कोभिड १९ पुष्टि हुन थालेको छ। जापानमा एकातिर उच्च गर्मीका कारण मानिसहरु धमाधम बिरामी भएका छन् भने त्यसैमाथी कोभिड १९ को नयाँ भेरियन्ट पुनः फैलिन थालेको बताईएको छ।

स्वास्थ्य मन्त्रालयले जनाए अनुसार लगातार १० सातादेखि जापानमा कोभिड–१९ सङ्क्रमण बढ्दै गएको छ । देशभरका करिब ५ हजार स्वास्थ्य संस्थामा बिरामीको सङ्ख्या ५५,०७२ जना पुगेको छ जुन जुलाई १४ सम्मको हप्तामा केबल ११,०८६ मात्रै रहेको थियो ।

कोरोनाको केपी३ (KP.3) जस्ता नयाँ भेरियन्टहरूको फैलावटसंगै, खोपहरू वा अघिल्लो संक्रमणहरूबाट बनेका एन्टिबडीहरू समेत उच्च गर्मीका कारण प्रतिरक्षा प्रणालीमा कमजोरी देखिँदा जापानभर कोरोना बढेको बताईएको छ।

उच्च गर्मीका कारण संक्रमणको लक्षण भएका मानिसहरुले पनि मास्क नलगाउने तथा घर्मीका कारण प्रतिरक्षा प्रणाली घट्न जाँदा कोरोना संक्रमण पुनः बृद्धी हुन थालेको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार