जापान/इशिकावा। जापानको इशिकावा प्रिफेक्चरको उच्च गुणस्तरको रुबी रोमन जातको अंगुरको गत बिहिबार भएको पहिलो लिलामीमा १ झुप्पा अंगुर १० लाख येनमा बिक्री भएको छ। कानाजावा शहरमा भएको उक्त लिलामीमा एक उच्चतम मूल्यमा बिक्री भएको हो ।
रुबी रोमन इशिकावा प्रिफेक्चरले १४ वर्ष लामो समय लगाएर विकसित गरेको उच्च गुणस्तरको अंगूर हो। पहिलो लिलामी कानाजावा सिटी सेन्ट्रल होलसेल मार्केटमा १९ तारिख बिहान भएको थियो । जसमा छ उत्पादकहरूले पङ्क्तिबद्ध रूपमा उब्जाएको १३३ झुप्पा अंगुरहरु राखिएको थिए।
रुबी रोमनले हरेक वर्ष पहिलो लिलामीमा अभूतपूर्व मूल्य प्राप्त गर्ने गरेको छ। गत वर्ष एउटा झुप्पा १६ लाख येनमा बिक्री भएको थियो । तर यस वर्ष भने अघिल्लो वर्षको तुलनामा केहि सस्तोमा बिक्री भयो ।
यस पटक ताइवानमा सुपरमार्केट चलाउने कम्पनीले एक झुप्पाको १० लाख येनमा खरिद गरेको हो । लिलामी जित्ने व्यक्तिको इच्छाको आधारमा, रुबी रोमन अध्ययन समूहले नोतो हान्तोउ भूकम्पबाट प्रभावित क्षेत्रहरूलाई चन्दाको रूपमा दान गर्ने बताईएको छ।
रुबी रोमनको मूख्य ढुवानी अर्को महिनाको मध्यदेखि
महिनाको अन्त्यसम्म जारी रहने छ। यो वर्ष ३० हजार झुप्पा अंगुरहरु बजारमा पठाउने लक्ष्य राखेको बताईएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




