टोकियो/जापान। जापानमा मूल्यवृद्धिको निरन्तरतालाई मध्यनजर गर्दै स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले यस वर्षको न्यूनतम पारिश्रमिकलाई राष्ट्रिय औसतका आधारमा झण्डै ५० येनले बढाएर प्रतिघण्टा ज्याला झण्डै १ हजार ५० येन पुयाउने बिचार गरेको छ । परिषद्ले आज २४ तारिख अन्तिम छलफल गरी निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ ।

अहिले छलफल चलिरहेको ज्याला बढाउने विषय, कुनैपनि कम्पनीहरुले आफ्ना कामदारहरूलाई तिर्नु पर्ने न्यूनतम ज्याला हो । हाल जापानमा घण्टाको ज्याला राष्ट्रिय रूपमा औसतमा १,००४ येन रहेको छ।

२३ तारिख बसेको सरोकारवालाहरुको बैठकमा करिब आठ घण्टा छलफल भएको थियो र मूल्यवृद्धिको रन्तरतालाई मध्यनजर गर्दै करिब ५० येनले पारिश्रमिक वृद्धि गर्ने दिशामा अन्तिम समायोजन गरिएको थियो ।

२४ तारिख बिहान १० बजेदेखि पाँचौं र अन्तिम छलफल गर्ने र निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ ।हालसम्म भएको छलफलमा मजदुर संगठनहरुले महँगीका कारण कामदारको जीवन कष्टकर बन्दै गएको भन्दै मूल्यवृद्धिको माग गर्दै आएका छन् भने कम्पनीहरुले विशेषगरी साना उद्योगहरुले मूल्यवृद्धिमा कुनै प्रगति नभएको बताएका छन् । मध्यम आकारका उद्यमहरू पर्याप्त तलब वृद्धि गर्न नसक्ने जस्ता कारणहरू उल्लेख गर्दै ज्याला वृद्धि गर्न सतर्क छन्।

जापान सरकारले सन् २०३० को मध्यसम्ममा न्यूनतम पारिश्रमिक १५०० येन पुर्याउने लक्ष्य राखेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार