टोकियो/जापान। २५ तारिख टोकियो विदेशी मुद्रा विनिमय बजारमा जापानी येनको भाउमा निकै सुधार देखियो ।

जापानको बैंकले यस महिनाको मौद्रिक नीति बैठकमा थप ब्याजदर वृद्धि गर्ने अनुमानका कारण येनको भाउ बढ्यो र एक बिन्दुमा डलरको तुलनामा १ सय ५१ येन स्तरमा कारोबार हुन पुग्यो। यो लगभग पछिल्लो दुई महिनामा पहिलो पटक देखिएको सकारात्मक परिवर्तन हो ।

बैंक अफ जापानको आगामी साता हुने मौद्रिक नीति बैठक अगाडि यस बैठकमा बैंक अफ जापानले ब्याजदर अझै बढाउने अनुमान बजारमा देखिएको छ। यसका साथै, अमेरिकामा, फेडरल रिजर्भ बोर्डले ब्याज दर कटौती गर्न लागेको छ भन्ने दृष्टिकोण पनि लगानीकर्ताहरुमाझ देखिन थालेको छ ।जसले जापानी येनको भाउ बढाउन मद्दत गरेको छ।

निरन्तर घट्दो गतिमा रहेको जापानी येनको भाउ पछिल्लो एक सातादेखि विस्तारै बढ्दो गतिमा देखिएको छ। यदि यो वृद्धि कायम रहेमा जापानका आम मानिसहरुको आर्थिकभारमा केहि राहत हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार