टोकियो/जापान। जापानी होटल सञ्चालकहरूले आगामी वर्षहरूमा थप विदेशी कर्मचारीहरूलाई रोजगारी दिने योजना बनाएका छन् । जापानका होटल उद्योगहरुमा कोरोना महामारीको समयमा गरिएको रोजगारी कटौतीले अहिलेसम्म पनि होटलहरुमा पर्याप्त कर्मचारीहरु आपुर्ति भइसकेका छैनन् ।

तोक्यु रिसोर्ट्स एण्ड स्टेले आफ्नो विदेशी जनशक्तिलाई सन २०३३ सम्ममा १२० बाट ५८० जनासम्म विस्तार गर्ने योजना बनाएको छ । कम्पनीले नयाँ रिसोर्ट र होटलहरू खोल्ने क्रम जारी राख्दा, जापानी कर्मचारीहरुबाट मात्रै आफ्नो कामदारको आवश्यकता पूरा नहुने भएकाले विदेशी कर्मचारीलाई रोजगारी दिने योजना बनाएको हो।

यो प्रयास जापानको निर्दिष्ट दक्ष कामदार कार्यक्रममा केन्द्रित हुनेछ। तोक्यु रिसोर्ट्सले यस ढाँचामा यसअघि फिलिपिन्स र म्यानमारबाट विदेशी कामदारहरु ल्याइसकेको छ । अब भने इन्डोनेसिया र नेपाल जस्ता अन्य देशहरूमा बाट पनि कामदारहरु आपुर्ति गराउने योजना रहेको बताएको छ। कम्पनीले यी कामदारहरूलाई मुख्यतया आफ्ना रेस्टुरेन्टहरूमा कुक र सर्भरको रूपमा काम दिने बताएको छ।

यसैगरि जापानका अधिकांस होटल व्यवसायहरुले विदेशी कामदार बढाउने योजना अघि सारेका छन् ।सेइबु प्रिन्स होटेलले पनि यहि आर्थिक वर्षभित्रमा २० प्रतिशत विदेशी कामदारहरु भर्ना गर्ने योजना सार्वजनिक गरेको छ। त्यस्तैगरि अर्को होटल चेन संचालक फुजिता खान्कोउले पनि १० प्रतिशतभन्दा बढि विदेशी कामदारहरु आपुर्ति गर्ने बताएको छ।

अहिले जापानका होटल व्यवसायहरु कोरोना महामारी अघिको सन २०१९ को भन्दा पनि अधिक मात्रामा व्यस्त छ। यो अवस्थामा अधिकांस होटल व्यवसायमा श्रमिकहरुको राष्ट्रिय जनशक्तिहरुबाट मात्रै आपुर्ति हुन सक्ने अवस्था छैन। त्यसैले सबै होटलहरुले एस एस डब्ल्यु मार्फत विदेशी कामदारहरु बढाउने योजना अघि सारेका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार