टोकियो/जापान। नेपाल कल्याण समाज जापानको संस्थागत पहलमा जापानमा क्यानसरको निकै महंगो उपचार गराउँदै रहेकी नेपाली चेली सिर्जना खड्का कार्कीको उपचारमा आर्थिक सहयोग संकलन गरिएको छ।

व्यवसायी तथा संस्थाका उपाध्यक्ष विष्णु शर्माले नेपालन्युजपोस्टलाई उपलब्ध गराएको जानकारी अनुसार उपाध्यक्ष शर्माको संयोजकत्वमा जुलाई ३० तारिखदेखि अगस्ट १३ तारिखसम्म सहयोग संकलन अभियान चलाईएको थियो।

यो २ साताको अभियानमा संयोजक तथा उपाध्यक्ष शर्माले व्यक्तिगत तथा संस्थागत पहलमा जापानमा भएका विभिन्न संघ संस्था, व्यवसायिक तथा सामाजिक व्यक्तित्वहरुसंग आर्थिक सहयोगका लागि पहल गरेका थिए।सो अबधीमा विभिन्न सहयोगदाताहरुबाट ४ लाख ६० हजार ८ सय ४४ येन संकलन भएको बताईएको छ।
सिर्जना खड्काको उपचारको लागि कुल १ करोड २० लाख येन लाग्ने बताईएको छ।

नेपालको दोलखा जिल्ला तामाकोशी गाउँपालिका वडा नं. २ झुले घर भई हाल ओसाकामा बस्दै आइरहेकी सृजना खड्का कार्कीलाई सन् २०२१ को मार्चमा बिरामी भई जाँच गराउदा प्यान्क्रियाटिक/अनाशयीको न्युरोईन्डोक्राइन क्यान्सर (Pancreatic Neuro Endocrine Cancer) भएको र उपाचारार्थ जापान इन्स्युरेन्स कभर नहुने हुदा एक डोजको लागि ३० लाख येन लाग्ने तथा टोटल चार डोजमा उपचार गर्नु पर्ने भएकोले कुल १ करोड २० लाख येन लाग्ने स्वयम् सृजना खड्का कार्कीले यसअघिनै जानकारी गराएकी छिन् ।

सिर्जनाको उपचारका लागि पछिल्लो १ महिनायात जापान लगायतका विश्वभरका नेपाली समुदायहरुले सहयोगी हातहरु अघि बढाईरहेका छन् । यद्यपी अत्यन्तै ठूलो रकम आवश्यक भएकाले हालसम्म प्राप्त सहयोग रकम उपचारका लागि पर्याप्त नभएको सिर्जनाले बताएकी छिन् । तपाई पनि यदि सिर्जना खड्का कार्कीको उपचारमा आफुले सकेको सहयोग गर्न चाहनुहुन्छ भने निम्नलिखित माध्यमहरु प्रयोग गरि सहयोग गर्न सक्नुहुनेछ।

सिर्जना खड्का (कार्की)को उपचारको लागि सहयोग गर्न यहाँ क्लिक गर्नुहोस्


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार