टोकियो/जापान।सामान्यतः सेप्टेम्बरमा मौसम शितल भइसक्ने गर्दथ्यो । तर यस पटक भने अझै जापानको अधिकांस स्थानहरुमा उच्च गर्मी कायमै रहेको छ।

७ तारिख कान्तो–कोशीन क्षेत्रका धेरै ठाउँमा तीव्र गर्मी बढेको थियो भने आज ८ तारिख पनि अत्याधिक गर्मी हुने अनुमान गरिएको छ । त्यसैले मौसम विज्ञान एजेनेसीले गर्मीको प्रकोपबाट बच्ने उपायहरू अपनाउँदै बिरामी हुनबाट जोगिन आग्रह गरेको छ।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार ७ तारिख,साईतामा,चिबा,टोकियो,गुन्मा,इबाराकी तथा खानागावामा उच्च गर्मी कायम भएको थियो। आज ८ तारिख पनि यि क्षेत्रहरुमा उच्च गर्मी कायमै रहने पुर्वानुमान गरिएको छ।

जापानमा यस वर्ष जुलाईदेखि अगस्टसम्म जापानभर ऐतिहासिक गर्मी भयो।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार