टोकियो/जापान। ताईफु १३ आज १४ तारिख रातीसम्ममा जापानको खागोसिमा प्रिफेक्चरको अमामी क्षेत्रमा पुग्ने अपेक्षा गरिएको छ।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार, ताईफु १३ का कारण अमामी क्षेत्र र नान्सेई टापुहरूमा अत्यन्तै शक्तिशाली हावा चल्नेछ र त्यहाँ गम्भीर क्षतिको जोखिम छ। खागोसिमाका साथै ओकिनावामा समेत तीव्र हावा र उच्च छालहरूबाट सतर्क रहन आह्वान गरिएको छ।

१४ तारिख, अमामी क्षेत्रमा अधिकतम हावाको गति ३० मिटर र ओकिनावा क्षेत्रमा २५ मिटर पुग्ने अपेक्षा गरिएको छ, र अधिकतम तत्काल हावाको गति अमामी क्षेत्रमा ४५ मिटर र ओकिनावा क्षेत्रमा ३५ मिटर पुग्ने अपेक्षा गरिएको छ। त्यो निकै शक्तिशाली हावाहुरी हो, जसले वस्तुहरु उडाउन तथा सवारी साधनहरु समेत पल्टाउन सक्ने बताईएको छ।

मौसम विज्ञान एजेन्सीले जनाए अनुसार, ताईफुका कारण प्रभावित क्षेत्रका समुद्री छालहरू पनि बढिरहेका छन् । नान्सेई टापुहरूमा १५ तारिखसम्म केही क्षेत्रमा उच्च छालको जोखिम रहेको छ।

साथै , नान्सेई टापुहरूमा १५ तारिखसम्मै वायुमण्डलीय अवस्था अस्थिर हुने अपेक्षा गरिएको छ । त्यस क्षेत्रमा मेघ गर्जन तथा भारी वर्षाको  सम्भावनाको रहेको छ। १५ तारिखको बिहान ६ बजेसम्मको २४ घण्टामा दक्षिणी क्युसु र अमामी क्षेत्रमा १५० मिलिमिटर र ओकिनावामा १०० मिलिमिटर वर्षा हुने अनुमान गरिएको छ।

जापान मौसम विज्ञान एजेन्सी तीव्र हावाको जोखिम रहेको भन्दै,अत्यावश्यक अवस्था बाहेक बाहिर ननिस्कन र घर भित्र हुँदा पनि झ्यालहरूभन्दा अलि पर रहन आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार