टोकियो/जापान। नेपालि चलचित्र छक्का पन्जा ५ जापानमा प्रदर्शन गरिने भएको छ । छक्का पंजा जापानका  ४५ वटा शहरहरुमा प्रदर्शन हुने बताईएको छ।

चलचित्र प्रदर्शनको अधिकार प्राप्त   कम्पनि भिजोनियाका सञ्चालक सुवास लामिछानेका अनुसार अक्टोबर १३ मा छक्का पंजा ५, टोकियो स्थित मेगुरो पर्सिमन (MEGURO PERSIMMON HALL) हलमा प्रदर्शन गरिदैछ भने अन्य ४४ शहरमा फरक फरक मितिमा देखाईनेछ । छक्का पन्जा सिरिजको यो अध्यायमा भने प्रेम सम्बन्ध, र सो सँग सम्बन्धित विभिन्न घटनाक्रमहरुलाई व्यांग्यात्मक रुपमा चित्रण गरिएको छ ।

मनोरंजनात्मक रुपले निर्माण गरिको भएपनि चलतित्रमा समाजिक सन्देशहरुको पनि कमि नभएको बताइएको छ। जापानका अन्य शहरहरुमा पनि विभिन्न मितिमा प्रर्दशन हुने छ , दर्शकहरुको सुविधालाई मध्यनजर गर्दै अनलाईन टिकट प्रणालीको व्यवस्था गरिएको छ जसमा इच्छुक दर्शकहरुले

(https://dcticketing.com/) बाट टिकट लिन पाउँनेछन । दीपाश्री निरौला ले निर्देशन गरेको चलचित्रमा दीपकराज गिरी, केदार प्रसाद घिमिरे र दिलीप तामाङको कथा, पटकथा र संवादहरु छन ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार