टोकियो/जापान। जापानी येनको भाऊ घट्दा,जापानबाट रेमिट्यान्स पठाउनेहरुलाई मात्रै होईन, जापानबाट विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई पनि नकारात्मक असर पारेको एक सर्वेक्षणले जनाएको छ।

विश्वविद्यालयका विद्यार्थीहरूको सर्वेक्षण अनुसार ८० प्रतिशत भन्दा बढी उत्तरदाताहरूले येनको मूल्यह्रासले विदेशमा अध्ययन गर्ने उनीहरूको विचारमा नकारात्मक असर पारेको बताएका थिए।

“तोबिताते स्टडी एब्रोड इनिसियटिभ” परियोजनाले गएको फेब्रुअरीमा, जापानभरका लगभग ५,७०० वटा उच्च माध्यमिक विद्यालय र विश्वविद्यालयका विद्यार्थीहरुमा सर्वेक्षण गरेको थियो।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार