टोकियो/जापान। यस वर्षको जनवरीदेखि सेप्टेम्बरसम्म जापान घुम्न आउने विदेशीहरुको संख्याले ऐतिहासिक रेकर्ड कायम गरेको छ।

जापानको राष्ट्रिय पर्यटन बोर्डले जनाए अनुसार,जनवरीदेखि गएको सेप्टेम्बरसम्मको अवधीमा जापान घुम्न आउने विदेशीहरुको संख्या अघिल्ल वर्षभरी आएकाहरुको भन्दा पनि अधिक कायम भएको छ। प्रारम्भिक तथ्यांक अनुसार यस वर्षको जनवरीदेखि सेप्टेम्बरसम्मको अवधीमा २ करोड ६८ लाख ८० हजार भन्दाबढी विदेशीहरुले जापान भ्रमण गरेका छन् । जबकी अघिल्लो वर्षभरीमा जम्मा,२ करोड ५० लाख ६० हजार मानिलहरुले जापान भ्रमण गरेका थिए।

सोहि अवधीकै गतिमा पर्यटकहरु भित्रिएमा जापानमा यस वर्ष हालसम्मकै उच्च पर्यटक संख्या कायम हुनेछ। किनकि यस अघि सबैभन्दा धेरै सन २०१९ मा ३ करोड १८ लाख ८० हजार पर्यटकहरु भित्रिएका थिए। तर यो वर्ष सेप्टेम्बरसम्मको अवधीमै २ करोड ६८ लाख पर्यटक नाघिसकेकाले डिसेम्बरसम्मको कुलसंख्या जोड्दा ऐतिहासिक बन्ने निश्चित जस्तै भएको विश्लेषण गरिएको छ।

जापानमा घुम्न आउने पर्यटक संख्या मात्रै बढेको नभई,उनिहरुले गर्ने उपभोग खर्च समेत ऐतिहासिक हुने देखिएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार