टोकियो/जापान। जापानमा अहिले राष्ट्रिय प्रहरी एजेन्सीले साईकल चड्ने व्यक्तिहरुलाई, फेरि एक पटक मोबाईल फोन प्रयोग गर्दै साईकल चलाउँदाखेरीका खतराहरू र ट्राफिक नियमहरूको पूर्ण पालनाका लागि आग्रह गरेको छ। किनकि (नागारा उन्तेन)सेल फोन प्रयोग गर्दै साईकल चलाउँदा सडक दुर्घटनाहरु बढ्दै गएको छ ।

यस्ता प्रकृतिका घटनाहरु बढ्दै गएकाले रोकथामका लागि सरकारले आउँदो नोभेम्बर देखि यस्ता गतिविधि कानून द्वारा निषेधित हुने गरिने भएकाले , हामी फेरि एक पटक मानिसहरूलाई यसको खतराहरू र ट्राफिक नियमहरू राम्ररी पालना गर्न स्मरण गराउँने राष्ट्रीय प्रहरी एजेन्सीले जनाएको हो।

आउँदो नोभेम्बर १ तारिखदेखि लागू हुने संशोधित सडक सवारी ऐनले (नागारा उन्तेन) मोबाई फोन प्रयोग गर्दै साईकल चलाउन’ निषेध गरेको छ । यदि तपाईले मोबाइल फोन प्रयोग गर्दै साइकल चलाउनु भयो र दुर्घटना निम्त्याउने जस्ता खतरा सिर्जना गर्नुभयो भने, तपाईलाई १ वर्षसम्म कैद वा ३ लाख येन सम्म जरिवाना हुनेछ।यसका साथै यो संशोधित सडक सवारी ऐनले माधक पदार्थ सेवन गरि साईकल चलाउनेहरुलाई समेत निषेध गर्नेछ। यदि कसैले उल्लंघन गरेमा कडा कारबाही हुनेछ।

साथै,तपाईको गतिविधिले दुर्घटनाको जोखिन नभए पनि नियम उल्लंघन गरेको देख्नु भयो भने, ६ महिनासम्म कैद वा १ लाख येनसम्म जरिवाना हुनेछ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार