टोकियो/जापान। अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ)ले मंगलबार जापानको लागि आफ्नो सन २०२४ को वृद्धि प्रक्षेपण ०.३ प्रतिशतमा घटाएको छ । जुन तीन महिना अघिको अनुमानको तुलनामा ०.४ प्रतिशत बिन्दुले घटेको हो। अस्थायी अटो आपूर्ति अवरोध जस्ता नकारात्मक घटनाक्रमलाई उद्धृत गर्दै आईएमएफले जापानको वृद्धि प्रक्षेपण घटाएको हो ।

आईएमएफले भनेको छ कि, जापानको अर्थतन्त्र पर्यटन क्षेत्रमा उल्लेख्य सुधार भएको छ तर यस वर्षको सुरुमा सुरक्षा स्क्यान्डल बाहिरिएपछि अटोमोबाईल क्षेत्रको व्यापारमा व्यापक गिरावट आयो,जसले समग्र अर्थतन्त्रलाई पछाडी पारेको छ।

आईएमएफका अनुसार,जापानले यस्तो समयमा प्रमुख अर्थतन्त्रहरूमा अपेक्षाकृत ठूलो वृद्धि कटौती गर्‍यो जब देश आम चुनावी अभियानको बीचमा छ जसमा एउटा प्रमुख मुद्दा आफ्नो कमजोर अर्थतन्त्रलाई कसरी अगाडि बढाउने भन्ने पनि हो।

यद्यपि, आईएमएफले ज्याला र उपभोग वृद्धिको कारण जापानको वृद्धि सन २०२५ मा १.१ प्रतिशतमा पुग्ने बताएको छ, जुन जुलाईको प्रक्षेपण भन्दा ०.१ अंकले बढेको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार