टोकियो/जापान। सन २०२३ मा, पश्चिमी जापानको हिरोशिमा प्रिफेक्चरमा विदेशी प्राविधिक प्रशिक्षार्थी कामदारहरु रहेका ४ सय ६१ व्यवसायहरुले श्रम-सम्बन्धित कानूनहरू उल्लङ्घन गरेको प्रमाणित भएको हिरोशिमा श्रम ब्यूरोको रिपोर्टले जनाएको छ।
प्रतिवेदन र अन्य स्रोतको आधारमा कानून उल्लङ्घन गरेको शंकास्पद ६७४ व्यवसायको अनुसन्धान गर्दा ४६१ यानेकी ६८.४% ले श्रम मापदण्ड ऐन र औद्योगिक सुरक्षा तथा स्वास्थ्य ऐन उल्लङ्घन गरेको पाइएको थियो।
प्राविधिक प्रशिक्षार्थी कामदारहरुको स्वास्थ्य जाँच पछि चिकत्सकसंग नियमिक परामर्श नगराएर उचित स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने कानुनी प्रावधानको उल्लंघन गरिएको थियो। यसपछि सुरक्षा मापदण्डसँग सम्बन्धित नियमहरुको उल्लंघन गरिएको थियो। यसका साथै ओभरटाइम कामको भुक्तानीका घटनाहरू पनि उल्लेख्य रहेको थियो ।
उद्योगगतरुपमा हेर्दा, आवश्यक कानुनी प्रावधान पुरा नगर्नेमा सबैभन्दा धेरै मेसिनरी र धातु उत्पादनसंग जोडिएका व्यवसायहरु अग्रपंत्तीमा रहेका थिए। रिपोर्ट अनुसार, मेसिनरी तथा धातु उत्पादन सम्बन्धि १ सय ६४ व्यवसायहरुले कानून उल्लङ्घन गरेका थिए। त्यसपछि निर्माणमा ८१, खाद्य उत्पादनमा ४४, कपडा तथा कपडा उत्पादनमा २५ र कृषि तथा पशुपालनका पाँच स्थानमा कानुन उल्लंघनका घटनाहरु पुष्टि भएका थिए।
एक कपडा निर्माण तथा बिक्री फर्मलाई श्रम ऐनको उल्लङ्घनको लागि सरकारी अभियोजनकर्ताहरु समक्ष पठाइएको थियो । त्यस कम्पनीले १२ प्राविधिक प्रशिक्षार्थीहरुलाई ओभर टाईम काम लगाएर भुक्तानी गरेका थिएन।
श्रम ब्यूरोका अनुसार, सन २०२३ को नभेम्बरको अन्त्यसम्म हिरोशिमा प्रिफेक्चरमा १७ हजार २ सय ४ जना विदेशी प्राविधिक प्रशिक्षार्थी कामदारहरु रहेका थिए।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




