टोकियो/जापान। जापानी अटो उत्पादक कम्पनी निसानले यसै साता ९ हजार जागिर कटौतीको घोषणा गर्‍यो । जापानको प्रमुख मध्येको १ अटो उत्पादक कम्पनीले वार्षिक बिक्री प्रक्षेपण घटाउँदै “गम्भीर अवस्था” लाई सम्बोधन गर्नको तत्काल यस्तो कदम चालेको बताएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत माकोतो उचिदाले उत्तर अमेरिकी बजारमा कमजोर बिक्री प्रमुख कारकको रुपमा रहेको पत्रकारहरूलाई बताएका थिए। कम्पनीले यस वर्षको पहिलो अर्धवार्षिक अवधीमा खुद नाफामा ९३ प्रतिशत गिरावट आएको रिपोर्ट सार्वजनिक गरेको छ।

“गम्भीर परिस्थितिको सामना गर्दै, निसानले आफ्नो कार्यसम्पादनलाई परिवर्तन गर्न र बजारमा भएका परिवर्तनहरूसँग तुरुन्तै अनुकूलन गर्न सक्षम थप लचिलो व्यवसाय सिर्जना गर्न तत्काल यस्तो कदम चालिरहेको छ,” कम्पनीको विज्ञप्तिमा भनिएको छ।
सो विज्ञप्तीका अनुसार निसानले विश्वव्यापी उत्पादन क्षमतामा २० प्रतिशतले कटौती गर्नेछ र आफ्नो विश्वव्यापी ९ हजार जना कामदारहरु घटाउनेछ ।

निसानले मोटर्सले सन २०१८ मा कम्पनीका पूर्व हाकिम कार्लोस घोसनको गिरफ्तारी देखिनै असहज परिस्थिति सामना गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार