टोकियो/जापान। प्रधानमन्त्री शिगेरु इसिबाले जापानको अर्थतन्त्रको लागि नयाँ प्रोत्साहन प्याकेज तयार गर्दै गरेको जापानी संचार माध्यमहरुले जनाएका छन् ।

संचार माध्यमहरुमा प्रकाशित खबरका अनुसार, भर्खरै सम्पन्न चुनावमा बहुमत गुमाए पश्चात शिगेरु सरकारले विद्युत महशुल अनुदान तथा कम आय भएका घरपरिवारहरूलाई नगद हस्तान्तरण लगायतका आर्थिक साहयता सहितको प्याकेज सार्वजनिक गर्ने गृहकार्य भइरहेको छ ।

लिबरल डेमोक्र्याटिक पार्टीको नेतृत्वमा रहेको गठबन्धनले जनताका लागि प्रजातांत्रिक पार्टीसँग नीतिगत वार्ता सुरु गरेको र प्याकेजमा विपक्षी दलका विचारहरू समावेश गर्न र प्रतिनिधि सभाको व्यवस्थापनमा समर्थन खोज्ने अपेक्षा सहित पहल अघि बढाइएको समाचारमा जनाइएको छ।

बढ्दो ऊर्जा र अन्य लागतहरूले मध्यमवर्गीय घरपरिवारलाई असर गरिरहेको अवस्थामा प्रोत्साहन प्याकेज ल्याउने तयारी गरिएको हो । सरकारले बिजुली र ग्यासको बिलहरूमा अनुदान पुन: सुरु गरेर आम नागरिकहरुलाई राहत दिन प्रयास गरिरहेको बताईएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार