टोकियो/जापान। सोमबार, बैंक अफ जापानका गभर्नर काजुओ उएदाले मौद्रिक नीति सामान्यीकरणलाई जापानी अर्थतन्त्रको दीर्घकालीन वृद्धिलाई समर्थन गर्ने तरिकाले लागू गरिने बताएका छन् ।

गभर्नर उएदाले क्रमिकरुपमा अघि बढ्दै,बिस्तारै
आर्थिक गतिविधि र मूल्यहरुमा सुधारको गर्दै दीर्घकालीन आर्थिक बृद्धिलाई प्राप्त गर्ने दिगो र स्थिर लक्ष्य हासिल गर्ने खालको योजनाहरु अघि बढाउने बताएका हुन् ।

मध्य जापानको आईची प्रिफेक्चरको नागोया सहरमा एक कार्यक्रममा सम्बोधन गर्दै उएदाले , केन्द्रीय बैंकले आगामी मौद्रिक नीति बैठकले थप ब्याजदर वृद्धि गर्ने कि नगर्ने भन्ने निर्णय गर्ने संकेत गरेका हुन् ।

गभर्नर उएदाले बैंक अफ जापानले आर्थिक गतिविधिको हालको अवस्था,दृष्टिकोण र मूल्यहरूको सन्दर्भमा, प्रत्येक बैठकको समयमा उपलब्ध डाटा र जानकारीको आधारमा नीतिगत निर्णयहरू गर्ने बताउँदै दीर्घकालीन स्थिर मुद्रानीतिमा दृढ रहेको संकेत गरेका छन् ।

अहिले पछिल्लो केहि सातायता जापानको निर्वाचनमा सत्तारुढ दलको बहुमत घुम्नु र अमेरिकाको आगामी राष्ट्रपतिमा ट्रम्पको विजय हुनु जस्ता कारण जापानी येनको भाउ हरेको दिन ऐतिहासिकरुपमा गिरावट हुनेक्रम जारी छ । यो अवस्थामा धेरै लगानीकर्ताहरु बैंक अफ जापानको आगामी मौद्रिक नीति बैठकको निर्णयको प्रतिक्षामा रहेका छन्।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार